IPL

बेंगलोरको विजयी सुरुवात 

Published

on

रोयल च्यालेन्जर्स बेंगलोरले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरुवात गरेको छ । हालै सम्पन्न आफ्नो पहिलो खेलमा बेंगलोरले सनराईजर्स हैदराबादलाई १० रनको अन्तरले पराजित गरेको हो ।

१६४ रनको लक्ष्य पक्ष्याएको हैदराबादका लागि जोनी बेरिस्टो र मनिष पाण्डे बाहेक अन्य ब्याट्सम्यानले टोलीको लागि आवस्यक योगदान दिन नसक्दा हैदराबादले १९ दशमलब चार ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र १५३ रन बनाउन सक्यो ।

हैदराबादका लागि ओपनर जोनी बेरिस्टोले सर्वाधिक ६१ रन बनाए भने मनिष पाण्डेले पनि ३४ रनको  योगदान दिए । छ रन कप्तान डेभिड वार्नरलाई गुमाएको हैदराबादलाई सम्हाल्ने क्रममा बेरिस्टो र पाण्डेले दोश्रो विकेटका लागि ७१ रनको साझेदारी गरे । ३३ बलमा तीन चौका र एक छक्का प्रहार गरेका पाण्डे युज्बेन्द्र चाहालको बलमा आउट भए ।

त्यस पछि तुफानी पारी खेल्दै छ चौका र दुई छक्का प्रहार गरेका बेरिस्टो पनि चाहालको शिकार भए । बेरिस्टो १५ दशमलब दुई ओभरमा बोल्ड भए भने त्यस पछिको बलमा विजय शंकर पनि बोल्ड हुँदै पेभेलियन फर्किए ।

१३ बलमा १२ रन बनाएका प्रियम गर्ग पनि शिबम दुबेको बलमा र्याम्प सट खेल्ने प्रयासमा बल हेल्मेटमा लागेर स्टम्पमा लागे पछि बोल्ड हुँदै पेभेलियन फर्किए । १८औं ओभरमा तीन बलको अन्तरालमा भुवनेश्वर कुमार शुन्य रनमा तथा रशिद खान छ रनमा आउट भए पछि हैदराबाद हारको नजिक पुग्यो । उनीहरु दुबैको विकेट नवदिप साइनीले लिएका हुन् ।

किफायती बलिङ गरेका चाहालले चार ओभरमा मात्र १८ रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारे । त्यस्तै तीन ओभरमा १५ रन खर्चिएका दुबे र चार ओभरमा १५ रन खर्चिएका साइनीले समान २-२ विकेट हात पारे ।

यस अघि ओपनर देवदत्त पडिकलको डेब्युमा नै अर्धशतक तथा एबी डी भिलिर्यसको तुफानी अर्धशतक बनाए पछि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले पुरै २० ओभर खेल्दै पाँच विकेटको क्षतीमा मात्र १६३ रन बनाउन सक्यो ।

पहिलो विकेटका लागि देवदत्त र आरोन फ़िञ्चले ११ ओभरमा ९० रन जोड्दै राम्रो सुरुवात दिए । तर दुबै ओपनर दुई बलको अन्तरालमा आउट हुँदा बेंगलोर केहि खुम्चिन पुग्यो । तर अन्त्यमा डी भिलियर्सले आक्रमक पारी खेल्दै बेंगलोरलाई राम्रो स्कोर तर्फ लगे ।

बेंगलोरको तर्फबाट देवदत्तले सर्वाधिक ५६ रन बनाए भने डी भिलियर्सले पनि रन आउट हुनु अघि तुफानी ५१ रनको पारी खेले । आईपीमा डेब्यु गरेका देवदत्तले  आठ चौका प्रहार गरे । त्यस्तै चौथों नम्बरमा आएका डी भिलियर्स ३० बल खेल्दै चार चौका र दुई छक्का प्रहार गरे ।

त्यस बाहेक अर्का ओपनर आरोन फ़िञ्च बलमा २९, कप्तान बिराट कोहली १३ बलमा १४ रन बनाएर आउट भए भने शिबम दुबे रनमा आउट भए ।

आईपीएलको अंक तालिका हेर्न यो लिंक क्लिक गर्नुहोला ।

 

Click to comment

Trending