IPL

डी भिलियर्स र देवदत्तको अर्धशतकमा बेंगलोरले दियो १६८ रनको  लक्ष्य  

Published

on

ओपनर देवदत्त पडिकलको डेब्युमा नै अर्धशतक तथा एबी डी भिलिर्यसको तुफानी अर्धशतकमा रोयल च्यालेन्जर्स बेंगलोरले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो सनराईजर्स हैदराबादलाई १६४ रनको मध्यम लक्ष्य दिएको छ ।

सुरुवात राम्रो गरे पनि मध्यमा आएर रोकिन पुग्दा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले पुरै २० ओभर खेल्दै पाँच विकेटको क्षेतीमा मात्र १६३ रन बनाउन सक्यो ।

पहिलो विकेटका लागि देवदत्त र आरोन फ़िञ्चले ११ ओभरमा ९० रन जोड्दै राम्रो सुरुवात दिए । तर दुबै ओपनर दुई बलको अन्तरालमा आउट हुँदा बेंगलोर केहि खुम्चिन पुग्यो । तर अन्त्यमा डी भिलियर्सले आक्रमक पारी खेल्दै बेंगलोरलाई राम्रो स्कोर तर्फ लगे ।

बेंगलोरको तर्फबाट देवदत्तले सर्वाधिक ५६ रन बनाए भने डी भिलियर्सले पनि रन आउट हुनु अघि तुफानी ५१ रनको पारी खेले । आईपीमा डेब्यु गरेका देवदत्तले  आठ चौका प्रहार गरे । त्यस्तै चौथों नम्बरमा आएका डी भिलियर्स ३० बल खेल्दै चार चौका र दुई छक्का प्रहार गरे ।

त्यस बाहेक अर्का ओपनर आरोन फ़िञ्च बलमा २९, कप्तान बिराट कोहली १३ बलमा १४ रन बनाएर आउट भए भने शिबम दुबे रनमा आउट भए ।

Click to comment

Trending