IPL

हैदराबादले टस जित्यो, बेंगलोर पहिले ब्याटिङ गर्ने 

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत तेश्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले सनराईजर्स हैदराबादले पहिले ब्याटिङ गर्ने भएको छ ।  दुबई अन्तरास्ट्रिय क्रिकेट मैदानमा सुरु भएको खेलमा हैदराबादका कप्तान डेभिड वार्नरले टस जितेर बेंगलोरलाई ब्याटिङ गर्न लगाएको हो ।
हैदराबादले आजको खेलमा केन विलियमसन र मोहम्मद नाबीलाई बेन्चमा नै राखेको छ भने मिचेल मार्शलाई सुरुवाती ११ मा स्थान दिएको छ । बेंगलोरले मोइन अली, क्रिस मोरिस र एडम जाम्पालाई खेलाएको छैन ।
बेंगलोर र हैदराबाद हाल सम्म १५ पटक एक आपसमा खेलेका छन् । पुरानो आँकडालाई आधार मान्ने हो भने हैदराबाद नै हाबी देखिन्छ तर पनि बेंगलोरलाई कम आक्न सक्दैन हैदराबाद । १५ खेल मध्य हैदराबादले आठ र बेंगलोरले छ खेल जितेका छन् भने एक खेल वर्षाका कारण रद्द भएको थियो ।
सन् २०१६ को आईपीएल फाइनलमा यी दुई टोली खेलेका थिए । बेंगलोर माथि आठ रनको रोमान्चक जित हात पार्दै हैदरबादले पहिलो पटक आईपीएलको उपाधि चुमेको थियो ।

Click to comment

Trending