Headline

केपाको असफलताले आजित चेल्सीले नयाँ गोलकिपर भित्र्यायो

Published

on

ईंग्लिस क्लब चेल्सीले रेनेसका गोलरक्षक एड्वार्डो मेन्डीलाई क्लबमा भित्र्याउने भएको छ ।

सेनेगलका २८ वर्षिय गोलरक्षकलाई प्रशिक्षक फ्रान्क लाम्पार्डले  ७१ मिलियन युरोमा क्लबमा कृतिमानी रकममा अनुबन्धित केपा अरिजाबालागाको प्रतिस्पर्धा बढाउनका लागि क्लबमा भित्र्याउन लागेका हुन् ।

आईतवार प्रिमियर लिगमा लिभरपुलसँग भएको खेलमा चेल्सीले दोस्रो गोल केपालाई गल्तीमा खाएको थियो । जस्लाई लामपार्डले “स्पष्ट गल्ती” भनेका थिए ।

स्पेनिस गोलकिपर केपाले अघिल्लो सिजन पनि धेरै जस्तो खेलहरु बेन्चमै बिताउन पुगेका थिए ।

यस पटक पनि चेल्सीका व्यवस्थापक लाम्पार्डले बुधवार हुने बार्न्सले बिरूद्ध काराबाओ कपमा पनि अर्का गोलरक्षक विल्ली क्यबलेरोलाई खेलाउने बताइसकेका छन् ।

लामपार्डले केपालाई भने समर्थन गर्नु पर्ने बताएका छन् । “व्यक्तिगत रूपमा खेलाडीहरूलाई समर्थन चाहिन्छ, विशेष गरी मबाट र म त्यो सबै खेलाडीहरूलाई दिन्छु पनि । अब हामीले उसलाई आत्मविश्वास दिन खोज्नुपर्‍यो, किनकि त्यो खेलाडीको खस्किदो फमका लागि निकै महत्त्वपूर्ण छ ।

चेल्सीले भने रेनेसका गोलरक्षकलाई केपाको प्रतिस्पर्धाको रुपमा भित्र्याइसकेको छ । गएको सिजन रेनेसका लागि एड्वार्डो मेन्डीले २४ खेल मध्ये ९ खेलमा किल्न सिट राखेको थिए  ।

Click to comment

Trending