IPL

आईपीएलमा आज बेंगलोर र हैदराबाद भिड्दै 

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलोर र सनराईजर्स हैदराबाद भिड्दै छन् । दुबई अन्तरास्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार ७:४५ बजे हुनेछ ।

भारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहलीले बेंगलोरको कप्तानी सम्हाल्ने छन् भने अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले हैदराबादको कप्तानी गर्ने छन् ।

बेंगलोर र हैदराबाद हाल सम्म १५ पटक एक आपसमा खेलेका छन् । पुरानो आँकडालाई आधार मान्ने हो भने हैदराबाद नै हाबी देखिन्छ तर पनि बेंगलोरलाई कम आक्न सक्दैन हैदराबाद । १५ खेल मध्य हैदराबादले आठ र बेंगलोरले छ खेल जितेका छन् भने एक खेल वर्षाका कारण रद्द भएको थियो ।

सन् २०१६ को आईपीएल फाइनलमा यी दुई टोली खेलेका थिए । बेंगलोर माथि आठ रनको रोमान्चक जित हात पार्दै हैदरबादले पहिलो पटक आईपीएलको उपाधि चुमेको थियो ।

हैदराबादको टोलीमा वार्नर बाहेक जोनी बेरिस्टो, मनिष पाण्डे, विजय शंकर, मोहम्मद नाबी, रशिद खान, भुवनेश्वर कुमार जस्ता खेलाडी छन् भने बेंगलोरमा कोहली बाहेक आरोन फ़िञ्च, एबी डी भिलियर्स, क्रिस मोरिस, उमेस यादव, युज्बेन्द्र चाहाल जस्ता खेलाडीले भरिएको छ ।

आईपीएलको अंक तालिका हेर्न यो लिंक क्लिक गर्नुहोला ।

Click to comment

Trending