Headline

बार्साका भिडाल इन्टर मिलानमा

Published

on

इटालियन सिरी आ मा आफ्नो टोलीलाई मजबुत बनाउने प्रयासमा रहेको इन्टर मिलानले बार्सिलोना मिडफिल्डर आर्टुरो भिडाललाई अनुबन्ध गर्ने भएको छ ।

अघिल्लो सिजन युभेन्टसलाई मात्र एक अंकले इटालियन प्रथम श्रेणीको उपाधि थमाएको इन्टर नयाँ जोशका साथ सिजनको शुरुवात गरिरहेको छ । यसका लागि इन्टर प्रशिक्षक एन्टोनियो कोन्टेले क्लबका चिनिया मालिकहरुसँग पनि खेलाडी अनुबन्धनका लागि खर्च गर्न भन्दै आएका छन् ।

भिडाललाई इन्टर भित्र्याउने कोन्टेको यही प्रयासको नतिजा हो । मिलानमा सोमबार मेडिकल गरेका भिडालको सम्झौता मङ्गलवारसम्म पुरा हुने बिबिसिले जनाएको छ । ३३ बर्षिय चिलियन भिडालले यसअघि कोन्टेसँग साझेदारी गरिसकेका छन् ।

भिडालले युभेन्टसका लागि लगातार तीन सिरी आ उपाधि जित्दा कोन्टेनै प्रशिक्षक रहेका थिए । बार्सामा डच प्रशिक्षक रोनाल्ड कोमनको आगमनपछि भिडालले क्लब छोड्ने लगभग तय जस्तै थियो ।

युरोपा लिगको फाइनल खेलेको इन्टरका लागि सिजन ढिलो शुरु गर्ने गरि लिगको तालिका तयार पारिएको छ । उसले शनिबार आफ्नो पहिलो लिग खेलमा फियोरेन्टिनाको सामना गर्नेछ ।

Click to comment

Trending