Headline

प्रिमियर लिग: सिजनकै पहिलो खेल खेल्दै म्यानचेस्टर सिटी

Published

on

प्रिमियर लिगको दोस्रो चरणका खेलहरुको आज अन्तिम दिन पहिलो खेलमा सेफिल्ड युनाइटेडले एस्टन भिल्लाको समाना गर्दै छ भने दोस्रो खेलमा म्यानचेस्टर सिटीले उल्भ्ससँग खेल्ने छ ।

आफ्ना-आफ्ना पहिलो खेल हारेका सेफिल्ड र एस्टन भिल्ला आमने समाने हुने छ्न् । एस्टन भिल्लाको घरमा हुने खेलमा दुवै टोली तीन अंकका लागि खेल्ने छन् ।

सेफिल्ड युनाइटेडले १९७३/१९७४ देखी अहिले सम्म लगातार दुई खेलमा पराजित हुनु परेको छैन । एस्टन भिल्लाले भने आफ्नो घरमा भएका पछिल्ला पाँच खेल मद्दे चार खेल हार्न पुगेको छ । यस् पटक पनि रेलिगेसनका लागि दावेदार मानिएको एस्टन भिल्लालाई आजको खेल जित्ने दवाव हुने छ ।

खेल नेपाली समय अनुसार राती १०:४५ मा सुरु हुने छ ।

यस्तै युरोपियन प्रतियोगिता खेलेका कारण पाएको छुट्टी सकिएको म्यानचेस्टर सिटीले अर्को खेलमा वुल्भ्सको समाना गर्ने छ ।

गत बर्षको दोस्रो स्थानमा सिजन सकाएको सिटी यो पटक भने उपाधी दवेदार मानिएको छ । टोलीका मुख्य खेलाडी सर्जियो अगवेरो चोटका कारण खेल गुमाउने छन् भने सिटीले भित्र्याएका नयाँ खेलाडी मद्धे नाथन अके र फेरान टोरेसले आजको खेलमा डेब्यु गर्ने सम्भावना बलियो देखिन्छ ।

गएको सिजन वुल्भ्ससँग लिगका दुवै खेल हारेको सिटीले यो पटक भने जितको आशा राखेको छ । पछिल्ला ११ बर्षमा प्रिमियर लिगमा खेलेका पहिलो खेलमा एक खेल पनि नहारेको सिटीलाई ईतिहास कायम राख्न आजको खेल जित्नै पर्ने दवाव रहने छ ।

खेल नेपाली समय अनुसार राती १:०० बजे सुरु हुने छ ।

Click to comment

Trending