Headline

मानेको दुई गोल,चेल्सी लिभरपुलसँग पराजित

Published

on

साडियो मानेले दुई गोल गरे पछि लिभरपुलले चेस्लीलाई २-० ले पराजित गरेको छ ।

पहिलो हाफको अतिरिक्त समयमा डिफेन्डर अन्द्रिएस क्रिस्टेनसेनले रातो कार्ड खाए पछि चेल्सीलाई ठुलो धक्का लागेको थियो । पहिलो हाफ गोल रहित बाराबरी खेले पनि दोस्रो हाफमा भने चेल्सीले गोल खान पुगेको थियो ।

दश खेलाडी सिमित चेल्सीले ५० औँ मिनेटमा गोल खाएको थियो । लिभरपुलका लागि रोबर्टसनको क्रसमा साडियो मानेले गोल गरेका थिए । पहिलो गोल गरेको चार मिनेट पनि नबित्दै लिभरपुलका लागि मानेले फेरी अर्को गोल गर्दै खेल २-० को स्थितीमा पुर्याएका थिए । मानेले ५४ औँ मिनेटमा आफ्नो दोस्रो गोल गरेका थिए ।

चेल्सीले ७५ औँ मिनेटमा पेनाल्टीमा गोल गर्ने मौका गुमाएको थियो । चेल्सीका कप्तान जोर्जिनिहोले गरेको प्रहारलाई लिभरपुलका गोलरक्षक अलिसनले बचाएका थिए।

आफ्नो पहिलो खेलमा ब्राइटनलाई हराएको चेल्सीले सोचे अनुरुप प्रदर्शन गर्न सकेको थिएन । लिभरपुलले भने जितसँगै तीन अंक जोड्न सफल भएको छ । लिभरपुलले दुई खेल खेल्दै ६ अंक जोडीसकेको छ ।

 

Click to comment

Trending