IPL

पन्जाब विरुद्ध दिल्ली पहिले ब्याटिङ गर्दै, परेनन् सन्दिप सुरुवाती ११ मा 

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो पहिलो खेलमा दिल्ली क्यापिटल्सले पहिले ब्याटिङ गर्ने भएको छ । किंग्स ११ पन्जाबका कप्तान केएल राहुलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।

हालै सम्पन्न क्यारेबियन प्रिमियर लिग (सिपीएल) मा सन्दिपले ११ खेल खेल्दै १० पारीमा १२ विकेट हात पारेका सन्दिप आजको खेलमा भने सुरुवाती ११ मा पर्न सकेनन् । दिल्लीले चारजना विदेशी खेलाडीमा सन्दिपलाई समावेस गरेन ।

पछिल्लो खेलको नतिजालाई आधार मान्ने हो भने दिल्ली भन्दा पन्जाब नै हाबी रहेको छ ।हाल सम्म यी दुई टोली २४ पटक एक आपसमा भिडेका छन् । जस मध्य दिल्लीले १० पटक मात्र जित हात पारेको छ भने पन्जाबले १४ पटक खेल आफ्नो पक्ष्यमा पार्न सफल भएको छ ।

अहिले सम्म आईपीएलको उपाधि चुम्न नसकेका टोली मध्यका हुन् दिल्ली र पन्जाब । दिल्ली गत संस्करणमा तेश्रो भएको थियो भने पन्जाब सन् २०१४ को सिजनमा फाइनलमा कोलकत्ता नाइट राईडर्ससँग पराजित भएको थियो ।

केएल राहुलको कप्तानीमा रहेको पन्जाबमा क्रिस गेल, मायांक अगरवाल, क्रिस जोर्डन, ग्लेन म्याक्सवेल, करुण नायर, मुजिब उर रहमान जस्ता खेलाडी छन् भने श्रेयस ऐयरको नेतृत्वमा रहेको दिल्लीमा रविचन्द्रन आश्विन, शिखर धवन, पृथ्वी श, शिम्रोन हेटमायर, रिशब पन्त, अजिंक्य रहाने, कागिसो रबाडा जस्ता खेलाडी रहेका छन् ।

Click to comment

Trending