Headline

सिरी आ मा समर्थकहरु फर्किएको दिन नापोलीको जित

Published

on

इटालियन सिरी आ मा समर्थकहरु रँगशालामा फर्किएको दिन नापोलीले पार्मालाई आइतबार २–० ले हराएको छ ।

पहिलो हाफमा कुनै गोल गर्न नसकेपछि नापोलीका लागि ड्रायस मेर्टेन्स र लोरेन्जो इन्सिग्नेले गोल गरेका थिए । अघिल्लो सिजनको पुर्वाद्र्धसम्म उत्कृष्ट प्रदर्शन गरेको नापाली यो सिजन युभेन्टसको दबदबालाई समाप्त गर्ने आशामा रहेको छ ।

लगातार १० औं उपाधि जित्ने सुर कसेको युभेन्टसले आइतबार राति टुरिनमा साम्प्डोरियाको सामना गर्दै यो सिजनको शुरुवात गर्नेछ । पार्माको घरेलु मैदानमा मार्चयता पहिलो पटक समर्थकहरु उपस्थित भएका थिए । उनीहरुलाई मास्क लगाउन लगाइएको थियो भने सामाजिक दुरी कायम गर्दै राख्नुका साथै रँगशालामा प्रवेश गर्नअघि तापक्रम मापन गरिएको थियो ।

हालको लागि एक हजार सम्म दर्शकलाई रँगशालामा प्रवेश गर्न दिइएको छ ।

पहिलो हाफमा पार्माले फ्रेममा मात्र एक प्रहार गर्न सकेको थियो । दोश्रो हाफमा नयाँ अनुबन्धित खेलाडी भिक्टर ओसिम्हेनको प्रवेशसँगै नापोलीले खेलमा दवाब कायम गर्न शुरु गरेको थियो ।

मैदान प्रवेश गरेको दुई मिनेटभित्रै ओम्हिेनले नै दवाब कायम गर्दा पार्माका सिमोन लाकापोनीले हर्भिङ्ग लोजानो क्रसलाई सिधै मेर्टेन्सको अगाडी ल्याए पुर्याएका थिए । मेर्टेन्सले सजिलै त्यसलाई गोलमा परिणत गरे ।

७७ औं मिनेटमा पार्मा गोलकिपर लुईजी सेपेले लोजानोको क्रसलाई पूर्ण रुपले समात्न नसक्दा इन्सिग्नेले रिबाउण्डमा गोल गरेका थिए ।

Click to comment

Trending