Headline

सनको चार गोलमा टोटनह्यामको पहिलो जित

Published

on

दक्षिण कोरियन फर्वार्ड सन ह्युङ मिनले चार गरे पछी टोटनह्यामले प्रिमियर लिगमा आफ्नो पहिलो जित निकालेको छ ।

साउथह्याम्प्टनलाई ५-१ ले हराउने क्रममा सनले चार गोल गरेका थिए भने एक गोल ह्यारी केनले गरेका थिए । साउथह्याम्प्टनका लागि भने ड्यानी इङ्सले दुई गोल गरेका थिए।

खेलमा पहिलो गोल साउथह्याम्प्टनका लागि ड्यानी इङ्सले गरेका थिए। उनले ३२ औँ मिनेटमा टोलीलाई अग्रता दिलाए पनि सनले पहिलो हाफको अतिरिक्त समयमा आफ्नो पहिलो गोल गर्दै खेल १-१ को बाराबरीमा ल्याएका थिए ।

पहिलो हाफ १-१ को स्थितीमा सकाएको टोटनह्यामले दोस्रो हाफमा चार गोल गरेको थियो । सनले ४७ औँ र ६४ औँ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए भने ७३ औँ मिनेटमा गोल गर्दै खेललाई ४-१ को स्थितीमा पुर्याएका थिए । ह्यारी केनले भने ८२ औँ मिनेटमा गोल गरेका थिए ।

९० औँ मिनेटमा साउथह्याम्प्टनले गोल गरेको थियो । साउथह्याम्प्टनका इङ्सले पेनल्टीमा गोल गरे पनी हार भने टार्न सकेनन् ।

आजै हुने अर्को खेलमा न्युकासल युनाइटेडले ब्राइटनसँग र चेल्सीले लिभरपुलविरुद्ध खेल्दै छ।

Click to comment

Trending