Headline

सिजनको पहिलो ठूलो लिग खेलमा लिभरपुल र चेल्सी भिड्दै

Published

on

प्रिमियर लिगका दुई ठुला टोली लिभरपुल र चेल्सी आइतबार आमने–समाने हुँदै छन् । चेल्सीको घर स्ट्याम्फोर्ड ब्रिजमा हुने खेललाई फ्रांक लामपार्ड र योर्गन क्लोप बिचको युद्धको रुपमा पनि हेरिने छ ।

क्लोपले केही दिन अघी “चेल्सी जस्तो नचाहिदो पैसा खर्च गर्न लिभरपुलले सक्दैन भन्दै प्रतिकृया दिएपछि लामपार्ड र उनीबिच शित युद्ध चलेको थियो । चेल्सीले यो समर विन्डोमा २ सय मिलियन युरो बढी खर्च गर्दै युवा खेलाडीले भरिएको टोली बनाएको छ ।

लिभरपुल पनि सिजनको सुरुवात देखी नै निकै उत्साहित देखिएको छ । बायर्न म्युनिखबाट मिडफिल्डर थियागो अल्कान्टरा र वुल्भ्सबाट फर्वार्ड डिएगो जोटालाई केही अघी मात्र भित्र्याएको लिभरपुलले पनि यो विन्डोमा राम्रै पैसा खर्च गरेको छ ।

चेल्सीका नयाँ खेलाडी काइ ह्वाभर्ट्ज र टिमो वेर्नरका लागि पनि यो खेल निकै महत्वपूर्ण हुने देखिन्छ । पछिल्ला तीन प्रिमियर लिगमा चेल्सीले लिभरपुललाई एक पटक पनि पराजित गर्न सकेको छैन । घरमा हुने खेल चेल्सीलाई केही फाईदा जनक त हुने छ ।

आ–आफ्नो पहिलो खेलमा जित हात परेका चेल्सी र लिभरपुल दोस्रो जितको खोजीमा हुनेछन् । खेल नेपाली समय अनुसार राती ९ः१५ बजे सुरु हुने छ ।

यस्तै अन्य खेलहरुमा एवर्टनसँग हार्न पुगेको टोटनह्यामले साउथह्याप्टनको समाना गर्ने छ । दोस्रो खेलमा न्युकासल र ब्राइटन भिड्ने छन् भने अन्तिम खेलमा राती ११ः४५ बजे लेस्टर सिटीले बर्न्लीको समाना गर्ने छ ।

Click to comment

Trending