IPL

दिल्लीले पन्जाबको सामना गर्दै, सन्दिपको सुरुवाती ११ पर्ने सम्भावना कति ?

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) को दोश्रो दिनको खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले किंग्स ११ पन्जाबको सामना गर्दैछ । दुबईमा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

पछिल्लो खेलको नतिजालाई आधार मान्ने हो भने दिल्ली भन्दा पन्जाब नै हाबी रहेको छ ।हाल सम्म यी दुई टोली २४ पटक एक आपसमा भिडेका छन् । जस मध्य दिल्लीले १० पटक मात्र जित हात पारेको छ भने पन्जाबले १४ पटक खेल आफ्नो पक्ष्यमा पार्न सफल भएको छ ।

अहिले सम्म आईपीएलको उपाधि चुम्न नसकेका टोली मध्यका हुन् दिल्ली र पन्जाब । दिल्ली गत संस्करणमा तेश्रो भएको थियो भने पन्जाब सन् २०१४ को सिजनमा फाइनलमा कोलकत्ता नाइट राईडर्ससँग पराजित भएको थियो ।

केएल राहुलको कप्तानीमा रहेको पन्जाबमा क्रिस गेल, मायांक अगरवाल, क्रिस जोर्डन, ग्लेन म्याक्सवेल, करुण नायर, मुजिब उर रहमान जस्ता खेलाडी छन् भने श्रेयस ऐयरको नेतृत्वमा रहेको दिल्लीमा रविचन्द्रन आश्विन, शिखर धवन, पृथ्वी श, शिम्रोन हेटमायर, रिशब पन्त, अजिंक्य रहाने, कागिसो रबाडा जस्ता खेलाडी रहेका छन् ।

नेपाली समर्थकहरु भने आजको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछानेले सुरुवाती ११ मा स्थान बनाउन सक्ने छन् की छैनन् भन्नेमा बढी केन्द्रित रहने छन् । हालै सम्पन्न क्यारेबियन प्रिमियर लिग (सिपीएल) मा उत्कृस्ट प्रदर्शन गरेका सन्दिपले सुरुवाती ११ मा स्थान बनाउने छन् भन्नेमा धेरै जना आशावादी रहे पनि चार जना बिदेशी खेलाडी भित्रमा पर्न त्यती सहज भने हुने छैन ।

गत राती सम्पन्न उद्घाटन खेलमा गत बर्षको उपविजेता टोली चेन्नाई सुपर किंग्सले साबिक विजेता मुम्बई इन्डियन्सलाई पाँच विकेटले पराजित गरेको थियो ।

Click to comment

Trending