Headline

युरोपियन राउण्ड–अपः १७ बर्षिय अमेरिकी रेनाको पहिलो गोल, इटालीमा रोमा रोक्कियो

Published

on

१७ बर्षिय अमेरिकी मिडफिल्डर जियो रेनाले जर्मन बुन्डेसलिगामा आफ्नो पहिलो गोल गर्दा बोरुसिया डर्टमण्डले बोरुसिया मोएनचेनग्लाडबाचलाई ३–० को फराकिलो अन्तरले पराजित गरेको छ ।

रेनाले अर्का १७ बर्षिय इङ्गल्याण्ड खेलाडी जुड बेलिङ्गमसँग वान–टु पास खेल्दै ग्लाडबाच गोलकिपर यान सोमरलाई बिट गरेका थिए । मार्चमा कोरोना भाइरसपछि खाली रँगशालामा खेल्दै आएको डर्टमण्डले शनिबार भने ९ हजार ३ सय समर्थकलाई प्रवेश दिएको थियो ।

रँगशालामा समर्थक फर्किनु निकै राम्रो कुरा हो र उनीहरुको अगाडी गोल गर्नु अझै राम्रो । हामीले राम्रो शुरुवात पाएको छौं, डर्टमण्डका लागि जनवरी १८ मा अस्बर्गबिरुद्धको खेलमा डेब्यु गरेपछि १६ खेलमा गोल गरेका रेनाले भने ।

१७ बर्ष, दुई महिना र पाँच दिनको उमेरमा रेना बुन्डेसलिगा खेल्ने सबैभन्दा कान्छो खेलाडी बनेका थिए । रेनाको लागि उत्कृष्ट रहेको दिनमा नर्वेजियन स्ट्राइकर एर्लिङ्ग हालान्डले बाकी दुई गोल गरेका थिए । रेनाले नै कमाएको पेनाल्टीमा हालान्डले पहिलो गोल गरेका थिए ।

हेलास भेरोनासँग एएस रोमा रोकियो

इटालियन सिरी आ को पहिलो दिन अघिल्लो सिजन पाचौं स्थानमा सक्काएको एएस रोमालाई हेलास भेरोनाले गोलरहित बराबरीमा रोक्यो । एडिन जेको बेञ्चमै बसेको खेलमा रोमाले उल्लेखनीय केही गर्न सकेन ।

बोस्नियन जेको युभेन्टस जाने हल्ला चल्दै आइरहेको छ । पहिलो हाफको शुरुवातमा रोमाले दबदबा कायम गरेपनि भेरोनाले घरेलु मैदानमा खेललाई नियन्त्रणमा लिन थालेको थियो । भेरोनाको दुई वटा प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

अर्को खेलमा फियोरेन्टिनाले टोरिनोलाई १–० ले पराजित गर्यो । फ्रांक रिबेरीले पहिलो पटक कप्तानी गर्दा फियोरेन्टिनाका लागि गेटानो काष्ट्रोभिलिले गोल गरेका थिए ।
इटालीको खेलकुद मन्त्रालयले आइतबारदेखि फुटबल लगायत अन्य खुला मैदानमा खेलिने खेलहरुको लागि एक हजार समर्थकहरुलाई प्रवेश दिने बताउदै आएका छन् । ९ पटकको बिजेता युभेन्टसले लिगको आफ्नो पहिलो खेल समर्थकहरुकै उपस्थितिमा खेल्ने बताएको छ ।

टिन ट्रफर्टको ड्रिम डेब्यु

टिनेज डिफेण्डर एड्रियन ट्रफर्टले डेब्यु खेलमै गोल गरेपछि फ्रेञ्च लिग वानमा रेनेस मोनाकोलाई २–१ ले पराजित गर्दै अंक तालिकाको माथिल्लो स्थानमा पुगेको छ । फाइटाउट मोवासा घाइते भएपछि मात्रै १८ बर्षिय लेफ्ट ब्याक मैदान प्रवेश गर्न पाएका थिए ।

१–० ले पछि परेको स्थितिमा मात्र ९ मिनेट बाकी रहदा ट्रफर्टको सटिक क्रसमा फ्रेञ्च मिडफिल्डर स्टिभन एनजोन्जीले हेडर मार्फत गोल गर्दै बराबरी गरेका थिए । अतिरिक्त समयको दोश्रो मिनेटमा ट्रफर्टले गोल गर्दै रेनेसलाई बिजयी बनाए ।

रेनेसको १० अंक रहेको छ । शनिबारको खेलमा मोनाकोका लागि विसम बेन येदेरले २८ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

Click to comment

Trending