Headline

सिजनको पहिलो खेलमै म्यानचेस्टर युनाइटेड क्रिस्टल प्यालेससँग पराजित

Published

on

अघिल्लो सिजनको युरोपा लिगको सेमिफाइनलमा सहभागी भएको कारण एक चरण पछि मात्रै इंग्लिश  प्रिमियर लिगमा आफ्नो पहिलो खेल खेलेको म्यानचेस्टर युनाइटेड क्रिस्टल प्यालेससँग ३-१ ले स्तब्ध भएको छ ।

खेलमा क्रिस्टल प्यालेसका लागि विल्फ्रेड जाहाले दुई र एन्ड्रोस टाउनसेन्डले एक गोल गरेका थिए भने युनाइटेडका लागि आफ्नो डेब्यु खेल खेलेका डोनी भ्यान डे बिकले एक गोल गरे ।

खेलमा पहिलो गोल सातौँ मिनेटमा प्यालेसका लागि टाउनसेन्डले गरेका थिए । पहिलो हाफमा धेरै गोल गर्ने मौका खेर फालेको प्यालेसले हाफ टाइमसम्म १-० को अग्रता लिएको थियो ।

७४ औँ मिनेटमा युनाइटेडका भिक्टर लिन्डलोफले डि बक्स भित्र ह्यान्डबल गरे पछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै जाहाले गोल गरेका थिए । ८० औँ मिनेटमा भने युनाइटेडले एक गोल फर्काएको थियो ।

युनाइटेडका लागि डेब्यु खेल खेलेका भान डि बिकले गोल गरेका थिए । भान डि बिकले खेललाई २-१ को स्थितीमा ल्याएको पाँच मिनेट पनि नबित्दै प्यालेसका लागि फेरी जाहाले गोल गर्दै प्यालेसलाइ ३-१ को जित दिलाएका थिए   ।

जितसँगै प्यालेसको अंक तालिकामा ६ अंक रहेको छ ।

Click to comment

Trending