IPL

मुम्बईले चेन्नाईलाई दियो १६३ रनको लक्ष्य 

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा साबिक बिजेता मुम्बई इन्डियन्सले चेन्नाई सुपर किंग्सलाई जितका लागि १६३ रनको मध्यम लक्ष्य दिएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा मात्र १६२ रन बनाउन सक्यो ।

मुम्बईको तर्फबाट सौरभ तिवारीले ३१ बलमा तीन चौका र एक छक्काको मद्धतमा सर्वाधिक ४२ रन बनाए भने ओपनर क्विन्टन डि ककले पनि २० बलमा पाँच चौका सहित ३३ रनको पारी खेले ।

त्यस बाहेक कप्तान रोहित शर्मा १२, सुर्य कुमार यादव १७, हार्दिक पान्ड्या १४, काइरन पोलार्ड १८, कुर्नाल पान्ड्या तीन, जेम्स प्याटिनसन ११ रन बनाएर आउट भए ।

चेन्नाईका लुङ्गी एनगिदीले सर्वाधिक तीन विकेट हात पारे भने रबिन्द्र जडेजा र दिपक चाहारले पनि समान २-२ विकेट हात पारे । एनगिदीले चार ओभरमा ३८ रन तथा महँगो साबित भएका जडेजाले पनि चार ओभरमा ४२ रन खर्चिए । किफायती बलिङ गरेका लेग स्पिनर पियुष चावलाले चार ओभरमा २१ रन खर्चिएर मात्र एक विकेट हात पारे ।

१३ औं संस्करणको प्रतियोगिताको उद्घघाटन खेलमा नै साबिक बिजेता मुम्बई इन्डियन्स तथा गत बर्षको उपविजेता टोली चेन्नाई सुपर किंग्स आमुन्ने सामुन्ने भएका छन् । मुम्बईले आईपीएल चार पटक जितेको छ भने चेन्नाईले तीन पटक यस माथि कब्जा जमाएको छ । गत बर्षको फाइनलमा चेन्नाई माथि एक रनको रोमान्चक जित हात पार्दै मुम्बईले चौथों पटक उपाधि चुमेको हो ।

मुम्बई र चेन्नाई २८ पटक एक आपसमा भिडेका छन् । जसमा मुम्बई नै हाबी रहेको छ ।२८ खेल मध्य मुम्बईले १७ खेलमा जित हात पारेको छ भने चेन्नाईले ११ खेलमा नतिजा आफ्नो पक्षमा पार्न सफल भएको छ ।

कोरोनाका कारण यस पटक पुरै प्रतियोगिता युएईमा हुन लागेको हो । दुबई, अबुधबी र शारजाहमा हुने खेल बन्द रंगशालामा हुनेछ । यस अघि सन् २०१४ मा पनि भारतमा भएको चुनाबका कारण सुरुवाती चरणका केहि खेल युएईमा सन्चाल भएको थियो भने सन् २००९ मा चुनाबका नै कारण पुरै प्रतियोगिता दक्षिण अफ्रिकामा आयोजना भएको थियो ।मुम्बईले चेन्नाईलाई दियो १६३ रनको लक्ष्य

Click to comment

Trending