Headline

१६ बर्ष पछि लिड्सको प्रिमियर लिगमा पहिलो जित

Published

on

प्रिमियर लिगमा फर्किएको १६ बर्ष पछि लिड्स युनाइटेडले आज पहिलो जित हात पारेको छ ।

एलाल्ड रोडमा भएको खेलमा लिड्सले फुलह्यामलाई ४-३ गोलले हराएको हो । लिड्सका लागि हेल्डर कोस्टाले दुई, म्याटुएज क्लिक र प्याट्रिक बामफोर्डले एक गरेका थिए भने फुलह्यामका लागि एलेक्सान्डर मित्रोभिचले दुई र बोबी रेइडले एक गोल गरेका थिए ।

खेलको पाँचौ मिनेटमै हेल्डर कोस्टाले लिड्सलाई अग्रता दिलाएका थिए । ३४ औँ मिनेटमा भने फुलह्यामले खेलमा बाराबरी गोल गर्‍यो । फुलह्यामका लागि मित्रोभिचले पेनाल्टी मार्फत खेललाई बाराबरीमा ल्याएका थिए । ४१ औँ मिनेटमा भने फेरी लिड्सले आग्रता लिएको थियो । लिड्सका लागि म्याटुएज क्लिकले पेनाल्टीमा गोल गर्दै २-१ को अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा भने ५० औँ मिनेटमा गोल गर्दै लिड्सले खेलमा ३-१ को अग्रता लिन सफल भएको थियो । प्याट्रिक बामफोर्डले गोल गर्दै लिड्सले अग्रता लिएको थियो । ५७ औँ मिनेटमा फेरी लिड्सले गोल गरेको थियो लिड्सका लागि व्यक्तिगत दोस्रो गोल हेल्ड्स्र कोस्टाले गरेका थिए ।

तर लगातार गोल खाए पछि केही लय समातेको फुलह्यामले ६ मिनेटको अन्तरालमा दुई गोल गरेको थियो । ६२ औँ मिनेटमा बोबी रेइडले गोल गर्दै खेललाई ४-२ को स्थितीमा ल्याएका थिए भने ६७ औँ मिनेटमा फेरी पनि मित्रोभिचले फुलह्यामका लागि गोल गरेका थिए ।

जितसँगै लिड्सले प्रिमियर लिगमा पहिलो तीन अंक हात पारेको छ भने फुलह्याम लगतार दोस्रो खेलमा पराजित भएको छ ।

Click to comment

Trending