Headline

लेविनको ह्याट्रिकमा एवर्टन बिजयी

Published

on

प्रिमियर लिगमा आज भएको पहिलो खेलमा एवर्टनले वेष्ट ब्रोमलाई ५-२ गोलले हराएको छ । एवर्टनका लागि डोमिनिक काल्वर्ट लेविनले ह्याट्रिक गरेका थिए ।

खेलमा पहिलो गोल वेष्ट ब्रोमले गरेको थियो । खेलको १० औँ मिनेटमा ग्रडी डिएनगनाले गरेका थिए । ३१ औँ मिनेटमा भने एवर्टनले बराबरी गोल गरेको थियो । एवर्टनका लागि काल्वर्ट लेविनले  बाराबरी गोल गरेका थिए । ४५ औँ मिनेटमा भने एवर्टनले नयाँ खेलाडी जेम्स रोड्रिगेजको गोलमा २-१ को आगर्ता लिएको थियो ।

पहिलो हाफको अतरिक्त समायमा वेष्ट ब्रोम १० खेलाडीमा झर्न पुग्यो । रेफ्रीले एवर्टनका खेलाडीलाई धक्का दिएका  कारण वेष्ट ब्रोमका डिफेन्डर केरान गिब्सलाई रातो कार्ड देखाएका थिए ।

दोस्रो हाफको ४७ औँ मिनेटमा वेष्ट ब्रोम बाराबरी गोल गर्न सफल भएको थियो । मथेयस परेराले वेष्ट ब्रोमले पाएको फ्रिकिकलाई सदुपयोग गर्दै गोल गरेका थिए तर फेरी एवर्टनले ५७ औँ मिनेटमा खेलमा अग्रता लियो । एवर्टनका लागि माइकल किएनले हेडिङ गोल गरेका थिए । खेलमा चौथो गोल भने ६२ औँ मिनेटमा काल्वर्ट लेविन गरेका थिए । लगातर गोल गर्ने क्रममा काल्वर्ट लेविनले ६६ औँ मिनेटमा अर्को गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।

खेलसँगै एवर्टनले दुइ खेलमा  ६ अंक बटुलेको छ । एवर्टनका लागि पछील्लो पल्ट वेन रुनीले २०१७ मा वेष्ट ह्याम विरुद्ध ह्याट्रिक गरेका थिए ।

आजै हुने अर्को खेलमा लिड्स युनाइटेडले फुलह्याम,म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेस र आर्सनलले वेष्ट ह्याम विरुद्ध खेल्ने छ ।

Click to comment

Trending