Headline

थियागोलाई २० मिलियनमा भित्र्याए पछि लिभरपुलको आँखा वुल्भ्सको जोटामा

Published

on

स्पेनिस मिड्फिल्डर थियागो अल्कान्टरालाई २० मिलियन युरो मा भित्र्याए पछि लिभरपुलको आँखा भने अब वुल्भ्स फर्वार्ड डिओगो जोटा तर्फ रहेको छ ।

आफ्नो फर्वार्ड रोबर्टो फर्मिनोको ब्याक अपका लागि जोटा भित्र्याउन लागेको लिभरपुलले उनलाई पाँच बर्षको सम्झौतामा हस्ताक्षर गर्ने छ । लिभरपुलले ४५ मिलियन युरो खर्च गर्दै जोटालाई एन्फिल्डमा खेलाउन लागेको हो ।

यस विन्डोको सुरुमा २०१९/२०२० सिजनको बुन्डेसलिगामा आरबी लाइपजिगबाट २८ गोल गरेका फर्वार्ड टिमो वेर्नरलाई ४७ मिलियनमा क्लबमा भित्र्याउन नचाहेको लिभरपुलले यो पटक भने जोटालाई भित्र्याउन चाहेको हो  ।

जोटाले वुल्भ्समा १३१ खेल खेल्दै ४४ गोल गरेका छन् ।

२३ वर्षिय जोटाले पोर्टो र एट्लेटिको म्याड्रिडबाट खेलिसकेका छन् । २०१७/२०१८ को सिजनमा लोनमा वुल्भ्स आएका जोटाले २०१८ मा भने वुल्भ्समै बस्ने निर्णय लिएका थिए । उनलाई वुल्भ्सले १२.५ मिलियन युरोमा क्लबमै राखेको थियो ।

केही दिन अघी भएको लिग कपको खेलमा वुल्भ्स प्रशिक्षक नुनो इस्पिरितो सान्तोले उनलाई खेलाएका थिएनन् । पोर्चुगिज फर्वार्डलाई लिभरपुलले केही दिनमै एन्फिल्ड भित्र्याउन लागेको संचार माध्यमहरुले बताएका छन् ।

Click to comment

Trending