Headline

अगुएरो अझै दुई महिना मैदान बाहिर रहने खतरामा

Published

on

म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डियोलाले आफ्ना प्रमुख स्ट्राइकर सर्जियो अगुएरोले प्रिमियर लिगको पहिलो दुई महिना गुमाउने खतरामा रहेको बताएका छन् ।

जुन २२ मा अगुएरोलाई बर्न्लीबिरुद्धको खेलमा घुँडामा चोट लागेको थियो । त्यसयता उनले सिटीको लागि प्रिमियर लिगका १० खेलका साथै अगष्टमा च्याम्पियन्स लिगका दुई खेलहरु पनि गुमाउन पुगेका थिए । ग्वार्डियोलाले ३२ बर्षिय अगुएरो नोभेम्बरसम्म फिट रहनेमा शंका व्यक्त गरेका छन् ।

“उनको चोट ठूलो रहेको हामीलाई थाहा थियो । उनी हामीसँग अहिलेसम्म एक अभ्यास सत्रमा पनि जोडिन सकेका छैनन् र अगुएरो यस्तो खेलाडी हुन् जसलाई ठिक हुन निकै समय लाग्ने गरेको छ । उनी लामो समय मैदान बाहिर रहिसकेका छन् र मलाई लाग्छ अझै तयार हुनका लागि एक देखि दुई महिनासम्म लाग्नेछ,” ग्वार्डियोलाले भने ।

अगुएरोका लागि स्थानान्तरण खेलाडी ग्याब्रिएल जिजसले गत सिजनको अन्त्यमा सिटीका लागि १२ खेलमा पाँच गोल गरेका थिए । सोमबार सिटीले प्रिमियर लिगमा उल्भ्सको सामना गरिरहेको छ र यसका लागि ग्वार्डियोलासँग नयाँ अनुबन्धन फेर्रान टोरेस रहेका छन् ।

तर टोरेस अलि वाइड खेल्ने भएका कारण जिजसको स्थानमा रहिम स्टर्लिङ्ग फिट हुने सम्भावना रहेको छ । स्टर्लिङ्ग ग्वार्डियोलाको फल्स नाइनमा खेल्न सक्नेछन् ।

Click to comment

Trending