Headline

साल्काको पोस्टमा बायर्नको आठ गोल, नाब्रीको ह्याट्रिक

Published

on

जर्मन बुन्डेसलिगाको पहिलो खेलमा साविक बिजेता बायर्न म्युनिखले साल्कालाई ८-० विशाल गोल अन्तरले हराएको छ ।

२०२०/२०२१ बुन्डेसलिगाको सिजनको पहिलो खेलमै बायर्नले साल्कालाई हराउदै उत्कृष्ट सुरुवात गरेको छ । बायर्नका लागि सर्जी नाब्रीले ह्याट्रिक गरेका थिए भने लेयोन गोरेट्ज्का,रोबर्ट लेवनडस्की, थोमस मुलर, लिरोय साने र जमल मुसियालाले एक गोल गरेका थिए ।

पहिलो हाफमा चार गोल गरेको बायर्नले पहिलो गोल खेलको चौथोँ मिनेटमा सर्जी नाब्रीले गरेका थिए । बायर्नका लागि दोस्रो गोल १९ औँ मिनेटमा लियोन गोरेट्ज्काले गरेका थिए भने तेस्रो गोल रोबर्ट लेवानडस्कीले ३१ औँ मिनेटमा पेनाल्टी मार्फत गरेका थिए । खेलमा नाब्रीले ४७ औँ मिनेटमा व्यक्तीगत दोस्रो गोल गरे ।

दोस्रो हाफमा भने बायर्नका लागि नाब्रीले ५९ औँ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे । यस्तै ६९ औँ मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई ६ गोलको आगर्ता दिलाएका थिए भने ७१ औँ मा साने र ८१ मा मुसियालाले गोल गर्दै आफ्नो डेब्यु खेलको सुखद सुरुवात गरे ।

सिजनको पहिलो खेलमै आफ्नो दबदबा कायम गरेको बायर्नले तीन अंक हात पर्दै लिगमा सोचे अनुरुपको प्रदर्शन गरेको छ ।

Click to comment

Trending