Headline

बायर्न समर्थकहरुलाई भावुक चिट्ठी लेख्दै बिदा भए थियागो

Published

on

स्पेनिस मिड्फिल्डर थियागो अलकान्टारा ईंग्लिस क्लब लिभरपुल आउने पक्का भएको छ । उनले बायर्न म्युनिख छोड्नु उनका लागि सबैभन्दा कठिन निर्णय भएको लेख्दै समर्थकहरुसँग बिदा मागेका थिए ।

स्पेनिस मिड्फिल्डरको आगमनलाई लिभरपुलले अधिकारिक रुपमा घोषणा नगरे पनि २९ वर्षिय थियागोले खुल्लापत्र लेख्दै बायर्न समर्थकहरुसँग बिदाइ मागेका छन् ।

उनी २० मिलियन पाउन्ड र ५ मिलियन पाउन्ड बोनस को रकममा बायर्न म्युनिखबाट बिदा हुन लागेका हुन् ।

“मैले आज आएर मेरो खेल जीवनको एक अध्याय यस अद्भुत क्लबमा बन्द गर्ने निर्णय गरेको छु,” थियागोले लेखे ।

“यो क्लब मेरो लागि निकै खास छ । म यही हुर्किए र पछील्ला सात वर्षमा खेलाडीको रुपमा बिकास भए”

“जीत,सफलता,खुशीका क्षणहरू र केही कठिन समयहरू पनि । तर मलाई सबैभन्दा बढी गर्व लागेको छ कि म्युनिखमा मैले सबै सपना पुरा गर्न पाए । एक ईतिहासले भरिएको क्लबको ईतिहास हुन पाएकोमा म सधैं गर्व गर्ने छु।”

“यहाँ मैले कसरी फुटबलको परम्परालाई प्रेम र सम्मान गर्ने कुरा सिकेको छु । आज म यहाँबाट गए पनि त्यो परम्परा म कहिले भुल्दिन।”

थियागोले बायर्नसँग सात बुन्डेसलिगा, चार जर्मन कप, एक क्लब विश्वकप र गएको सिजन एक च्याम्पियन्स लिग जितेका थिए ।

Click to comment

Trending