Headline

युभेन्टसको दादागिरी समाप्त गर्ने मिसनमा कोन्टेको इन्टर

Published

on

आफ्नो पुर्व क्लब युभेन्टसलाई लगातर १० औँ पटक इटालियन सिरी आ जित्न नदिनका लागि इन्टर मिलान प्रशिक्षक एन्टोनियो कोन्टेको मिसन सेप्टेम्बर १० देखिको लिगसँगै शुरु हुदैछ ।

कोन्टेले २०१२ देखी २०१५ सम्म युभेन्टसलाई लिग जिताउदै २०१६ मा इङ्गलिस क्लब चेल्सी आएका थिए । २०१८ मा चेल्सीबाट बर्खास्त भएपछि उनी २०१९ को मे महिनामा इन्टर आएका थिए ।

५१ बर्षिय कोन्टेले इन्टरलाई पहिलो सिजन उपाधी दिलाउन सकेनन् । कोरोना भाईरसको महामरीबीच भएको प्रतियोगिताहरुमा इन्टरले खासै केही गर्न सकेन । भन्नुपर्दा कोन्टे यो सिजन खेलिएका प्रतियोगिताहरुमा अन्तिम सम्म पुगेर चुक्न पुगे ।

लिगमा युभेन्टससँग एक अंकको दुरीले निम्त्याएको हार र युरोपा लिगको फाइनलमा सेभियासँग नाटकीय रुपमा पराजित भएको इन्टरले केही उपलब्धि हासिल गर्न सकेन । कोन्टेले युरोपा लिग फाइनलमा पराजित भएपछि भने आफु हार्नलाई इन्टर नआएको र टोलीको व्यवस्थापनले आफुलाई सहयोग नगरेको बताएका थिए ।

“म पछाडि धकेलिन चाहन्न र त्यस्तो अर्को वर्ष पनि चाहन्न,” कोन्टेले भनेका थिए । सिजनको समाप्तिपछि इन्टरका चिनिया मालिकसँगको बैठकमा २०१० को ट्रेबल पछि इन्टरलाई ठुलो उपाधी जिताउन भएको छलफलको बिषयमा पनि उनले संचार मध्यमहरुको अगाडि भनेका थिए ।

“कोन्टे जस्तो मिहिनेत गर्ने प्रशिक्षक मैले कोही पनि देखेको छैन । उनको यो विशेषताले हामीलाई पुनः एक ठुलो टोली बन्न मद्धत गर्नेछ,” इन्टरका अध्यक्ष स्टिभन झयाङले भने । “टोलीमा ठुलो परिवर्तन आउनु जरुरी थियो र हामीले त्यो परिवर्तन गर्न एक उत्कृष्ट प्रशिक्षक पायौ । कोन्टे उनै हुन् ।”

“इन्टर एउटा मिसनमा छ । उनले बनाउने योजना, रणनीतिहरू स्वाभाविक रूपमा जितको दिशामा हुन्छन् । म साच्चिकै उनी माथि विश्वास गर्छु,” झयाङले कोन्टेको तारिफ गर्दै भने ।

यसै साता फर्कन लागेको सिरी आ मा इन्टर मिलन र एट्लान्टाले भने युरोपियन प्रतियोगितामा लामो समय बिताएका कारण लामो बिदा पाएका छन् । इन्टरले आफ्नो पहिलो खेल सेप्टेम्बर २६ मा फियोरन्टिनाबिरुद्ध खेल्दै एक नयाँ युगको सुरुवात गर्ने समर्थकहरुले आशा राखेका छन् ।

Click to comment

Trending