Headline

युएस ओपन च्याम्पियन ओसाका फ्रेञ्च ओपन नखेल्ने

Published

on

जापानकी युएस ओपन बिजेता नाओमी ओसाका फ्रेञ्च ओपन नखेल्ने भएकी छिन् । फ्रेञ्च ओपन सेप्टेम्बर २७ देखि पेरिसमा शुरु हुदैछ ।

ओसाकाले शनिबार बेलारुसकी भिक्टोरिया आजारेंकालाई हराउदै युएस ओपन जितकी थिइन् । उनको त्यो चौथो ग्राण्ड स्ल्याम उपाधि रहेको थियो । “म फ्रेञ्च ओपन खेल्न असक्षम छु । मेरो ह्यामस्ट्रिङ्ग सुन्निएको छ र क्ले कोर्टको लागि म तयारी गर्न मसँग पर्याप्त समय नै छैन । युएस ओपन र फ्रेञ्च ओपन मेरो लागि निकै छोटो अन्तरालमा आउन पुग्यो,” ओसाकाले एक बिज्ञप्तिमा भनेकी छिन् ।

२२ बर्षीया ओसाकाले आजारेंकालाई फ्लसिङ्ग मिडोजमा पराजित गर्दा नै उनको ह्यामस्ट्रिङ्ग टेपले बेरिएको खुलाशा पनि गरेकी थिइन् । २०१९ को अष्ट्रेलियन ओपन पनि जितेकी बिश्व नम्बर ३ ओसाकाले अहिलेसम्म रोल्याण्ड ग्यारोमा तेश्रो चरण पार गर्न सकेकी छैनन् ।

अघिल्लो महिना कोरोना भाइरसको कारण देखाउदै बिश्व नम्बर एक एस्ली बार्टीले आफू फ्रेञ्च ओपनमा नखेल्ने बताएकी थिइन् भने पुरुषतर्फ पुर्व बिश्व नम्बर एक रोजर फेडेररले यसअघि नै आफू नखेल्ने जनाइसकेका थिए ।

बिहिबार कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेपछि फ्रेञ्च ओपन आयोजकले स्टेडियममा दर्शकलाई प्रवेश दिने संख्या ५ हजारमा सिमित गरेको थियो । मे २४ का लागि तय गरिएको फ्रेञ्च ओपन महामारीकै कारण सारिएको थियो ।

Click to comment

Trending