Headline

आजबाट सुरु हुँदै बुन्डेसलिगाको नयाँ सिजन

Published

on

बुन्डेसलिगाको २०२०/२०२१ सिजन आज रातीबाट सुरु हुँदै छ । आज हुने पहिलो खेलमा साविक बिजेता बायर्न म्युनिख र साल्का भिड्दै छन् ।

बार्यन म्युनिखको घरेलु रंगशाला, एलियान्ज एरिनामा हुने यस् खेल नेपाली समय अनुसार रातीको १२:१५ बजेबाट सुरु हुनेछ। दुबै टिम आजको खेलमा जित निकाल्दै सिजनमा सुखद सुरुवा गर्न चाहन्छन् ।

पछील्ला १९ खेलमा साल्काले बायर्नलाई एक खेलमा पनि पराजित गर्न सकेको छैन।

बायर्नले २००१/२००२ को सिजनको आफ्नो पहिलो खेलमा बुरुसिया मोचेनग्याल्डब्याचसँग १-० ले पराजित भए देखी कहिले आफ्नो सिजनको पहिलो खेलमा पराजित भएको छैन ।

अघिल्लो सिजन ट्रेबल जितेको बायर्न म्युनिख यो पटक पनि त्यही टोलीका साथ मैदानमा उत्रिने छ । मिड्फिल्डर थियागो अल्कान्टारा क्लब छोड्दै ईंग्लिस क्लब लिभरपुल गए पनि बायर्न पहिलाको भन्दा बलियो टोली मानिएको छ। म्यानचेस्टर सिटीबाट लिरोय सानेलाई भित्र्याउदै बायर्न म्युनिखले आफ्नो फर्वार्ड लाइन निकै बलियो बनाएको छ ।

२०१२/२०१३ देखी लगातर लिग जितिरहेको बायर्न यो पटक पनि उपाधीको दावेदार रहेको छ । यस सिजन पनि लिग जितेको खण्डमा बायर्नले लगातर ९ पटक लिग जित्ने छ भने कुल ३० बुन्डेसलिगाको उपाधी हात पार्ने  छ ।

Click to comment

Trending