IPL

सन्दिपलाई भारतबाट खेलाउने इच्छा छ भनिसकेपछि गावस्करले भने “जस्ट किडिङ्ग” (भिडियो सहित)

Published

on

भारतीय क्रिकेट टोलीका पुर्व कप्तान तथा महान ब्याट्सम्यान सुनिल गभास्करले नेपाली रास्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछानेले भारतबाट खेल्न पर्ने धारणा राखेका छन् ।

भारतीय संचारमध्यसँगको कुराकानीमा इन्डियन प्रिमियर लिग (आईपीएल) टोली दिल्ली क्यापिटल्सको बारेमा कुरा गर्दै गर्दा गभास्करले सन्दिप एक उत्कृस्ट लेग स्पिनर भएको र भारतका लागि खेलेको खण्डमा निकै उपयोगी खेलाडी बन्ने पनि धरणा राखे ।

गभास्करले भने, ‘यदि स्कटल्यान्ड र आयरल्यान्डका खेलाडीहरुले इंग्ल्यान्डका लागि खेल्न सक्छन् भने नेपालका खेलाडीले किन भारतको लागि खेल्न सक्दैनन् । भारतले पनि नेपालमा राम्रो खेलाडीहरु छन् भने उनीहरुलाई भारतीय टोलीमा स्थान दिन पर्दछ ।’

‘सन्दिपले अघिल्लो संस्करणहरुमा खासै मौका पाएनन् तर पनि पाएको मौकामा राम्रो प्रदर्शन गरेका थिए । हुन त मैले यो मजाकमा नै भने तर पनि सन्दिप जस्तो खेलाडीलाई इंग्ल्यान्डले स्कटल्यान्ड र आयरल्यान्डका खेलाडीलाई आफ्नो टोलीमा समावेस गरे जस्तै भारतले पनि यस्तै गर्दै राम्रा नेपाली खेलाडीलाई खेलाउन पर्दछ जस्तो लाग्छ ।’

सन्दिपको टोली दिल्लीले आईपीएलको आफ्नो पहिलो खेलमा सेप्टेम्बर २० तारिखमा किंग्स ११ पन्जाबको समान गर्नेछ ।

Click to comment

Trending