राष्ट्रिय

ललितको शल्यक्रिया सम्पन्न, स्थिती सामान्य

Published

on

मोटरसाइकल दुर्घट्नामा गम्भिर घाइते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित सिँह भण्डारीको आज शल्यक्रिया सम्पन्न भएको छ । आज ग्रान्डी हस्पिटलमा उनको शल्यक्रिया सम्पन्न भएको र स्वास्थ्य स्थिती पनि सामान्य रहेको छ ।

आइतबार साँझ साढे सात बजे ललितले चलाएको मोटरसाइकललाई ट्रकले ठक्कर दिएपछि २८ बर्षिय बाया हाते बलर सख्त घाइते भएका थिए । धनगढीको निसर्ग हस्पिटलमा उपचार पूर्ण रुपले सम्भव नभएपछि एम्बुलेन्समा ललितलाई कोहलपुर शिक्षण अस्पताल लगिएको थियो ।

उनलाई हात र तिघ्रामा भने शल्यक्रियाको आवश्यकता रहेको छ । निसर्ग हस्पिटलमा सिटी स्क्यान सम्भव नभएपछि ललितको कोहलपुरमा सिटी स्क्यान गर्दा ठूलो चोट देखिएको थिएन ।

ललितको उपचार सम्भव नभएको खण्डमा उनलाई हेलिकप्टरमै काठमाडौं ल्याइएको थियो ।

दुर्घट्नामा ललितसँगै रहेका उनको नाता पर्ने २४ बर्षिय करण ठगुन्ना भने सामान्य घाइते भएका थिए । डिसेम्बर ६ मा आईसिसिसि वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईबिरुद्ध नेपालका लागि डेब्यु गरेका ललितले नेपालको ऐतिहासिक पहिलो दुई एकदिवसीय मध्ये दोश्रो म्याचमा एकदिवसीय अन्तर्राष्ट्रियमा पनि डेब्यु गरिसकेका छन् ।

उनले अगष्ट ३ मा नेदरल्याण्ड्सबिरुद्ध एम्स्टलभिनमा पहिलो ओडिआई खेलका थिए भने उक्त खेलमा ललितले दुई विकेट पनि लिएका थिए । घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबबाट खेल्ने गरेका ललित फ्रान्चाइज लिगहरुमा पनि प्रमुख खेलाडीको रुपमा रहने गरेका छन् ।

Click to comment

Trending