Headline

बेललाई भित्रायाउने संघारमा टोटेनह्याम

Published

on

रियल म्याड्रिडका फर्वार्ड ग्यारेथ बेल प्रिमियर लिगबाट बिदा भएको सात बर्ष पछि फेरी टोटनह्याम हस्ट्पर आउने संघारमा पुगेका छन् ।

३१ बर्षिय बेल २०१३ मा ८५ मिलियन युरोको किर्तीमानी रकममा रियल म्याड्रिड पुगेका थिए । उनले रियलमा सात बर्ष खेल्दै १ सय बढी गोल गर्दै   चार च्याम्पियन्स लिग जितिसकेका छन् ।

बेलका एजेन्ट जोनाथन बार्नेटले बुधबार त्यस ट्रान्स्फरको बारेमा वार्ता बिस्तारै अघी बडिरहेको बताएका थिए । तर प्रशिक्षक होजे मोउरिन्होले भने यो बिषयमा बोल्न अस्वीकार गरेका थिए ।

२०१९ मा म्याड्रिडले बेललाई क्लब छोड्न दिएको थिएन । बेललाई चाइनिज क्लब जिआंग्सु सुनिङबाट आएको प्रस्तवलाई क्लबले रद्द गरेको थियो । म्याड्रिडले क्लबमा जबरजस्ती राखे पनि बेललाई म्याड्रिडले गत सिजन २० खेल मात्र खेलाएको थियो । जसले गर्दा  बिभिन्न संचार मद्यामहरुले बेलको कारीअर माथि रियलले खेलवाड गरेको आरोप लगाएका थिए ।

“ग्यारेथ सात बर्षमा पहिलो पटक म्याड्रिड छोड्ने सोच बनाइ रहेका छन्।” बेलका एजेन्ट बार्नेटले भने ।

मोउरिन्होको टोटनह्यामले यस सिजनको आफ्नो पहिलो खेलमै एवर्टनसँग १-० ले पराजित हुन पुगेको थियो ।

 

Click to comment

Trending