Headline

नेमारलाई दुई खेलको प्रतिबन्ध, लिग कमिटीले रङ्गभेद भए नभएको छानबिन गर्ने

Published

on

लिग वानमा मार्से विरुद्धको खेलमा बिपक्षी टोलीका डिफेन्डर अल्भारो गोन्जालेजलाई झापड हन्दै रातो कार्ड खाएका पेरिस सेन्ट जर्माइन(पिएसजी) का फर्वार्ड नेमारलाई फ्रेन्च लिग कमिटीले दुई खेलको प्रतिबन्ध लगाएको छ भने उनले गोन्जालेजलाई लगाएको रङ्गभेदको आरोपको कमिटीले छानबिन गर्ने जनाएको छ ।

नेमारले मार्से विरुद्धको खेलमा गोन्जालेजलाई झापड हन्दै रातो कार्ड खाएका थिए ।

तर पछि उनले सामाजिक संजालमा भने आफुलाई रङ्गभेद भएको भन्दै पोस्ट गरेका थिए ।  गोन्जालेजले भने यो आरोप अस्वीकार गर्दै आएका  ।

नेमार सहित अन्य चार खेलाडीलाई पनि कमिटीले प्रतिबन्ध लगाएको छ । जसमा पिएसजीबाट डिफेन्डर लेविन कुर्जवा ६ खेलका लागि प्रतिबन्धमा परेका छन् भने मिड्फिल्डर लिएनड्रो पारेदेसलाई दुई खेलको प्रतिबन्ध लगाएको छ ।

मार्सेका लागि भने कमिटीले जोर्डन अमीभीलाई तीन खेल र डरियो बेनेडेट्टोलाई एक खेलको लागि बहिर राख्ने निर्णय लिएको छ ।

पिएसजीले आफ्नो खेलाडी नेमारको पूर्ण समर्थन गरेको छ भने मार्सेले पनि बिज्ञप्ति निकल्दै अल्भारो रङ्गभेदी नभएको भन्दै आएको छ ।

पिएसजीका अर्का खेलाडी एन्जल डि मरियालाई भने लिग कमिटीले बैठकमा बोलाँउने निर्णय गरेको छ । उनलाई कोरोना भाईरसका कारण थुक्न मनाही गरिएको नियम तोड्दै उनले गोन्जालेजको मुखमा थुकेको भिडियोमा देखिएको थियो ।

गोन्जालेजलाई नेमारले लगाएको आरोप सत्य भएमा उनी बर्ष भरीका लागि लिग बहिर हुने छन् ।

Click to comment

Trending