Headline

कोरोनाका कारण विश्व फुटबललाई ११ अर्ब डलर घाटा

Published

on

अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले कोभिड–१९ का कारण विश्व फुटबललाई कम्तीमा पनि ११ अर्ब डलरको घाटा भएको वुधबार जनाएको छ ।

यो महमारीले १ सय ५० भन्दा बढी देशका फुटबलका निकाय र संघहरु घाटामा गैसकेका छन् र उनीहरुले फिफाको १ दशमलव ५ अर्ब डलरको आपातकालीन राहत कोषबाट आर्थिक सहयोग लिइरहेका छन् ।

फिफाको कोरोना भाइरस निगरानी समितिका अध्यक्ष ओल्ली रेनले भाइरसका कारण तालिकाहरुमा अस्तव्यस्तता, खाली स्टेडियम र टेलिभिजन अधिकार राजस्व गुमाएका कारण विश्व फुटबललाई आर्थिक प्रभाव परेको बताउछन् । “यो ठुलो रकम हो र यसले युवा बिकास देखी सम्पूर्ण फुटबलको अर्थतन्त्रलाई समग्रमा समेट्छ,” फिनल्याण्डका राजनीतिज्ञ र बैंक अफ फिनल्यान्डका गभर्नर रेनले पत्रकार सम्मेलनमा भने ।

“यसले अर्को वर्ष पनि प्रभाव पार्ने छ । त्यसैले यो कोभिड–१९ को आपातकालीन राहत कोष कहिलेसम्म कायम रहनेछ थाहा छैन । ऋण चाहिएको खण्डमा फुटबल संघहरुले फिफासँग माग्न सक्नेछन्,” फिफा गभर्नेन्स कमिटीका उपाध्यक्ष पनि रहेका रेनले भने ।

उनले सबै हिसाबले युरोपमा धेरै प्रभाव परे पनि युरोप भन्दा बहिरका संघहरुले धेरै कष्ट भोगिरहेको बताए । “विशेष गरी दक्षिण अमेरिकामा धेरै प्रभाव परेको छ र मुख्य कारण त्यहाको अहिलेको मौसम पनि हो ।”

गत महिना मात्रै युरोपियन क्लब एसोसिएशनका अध्यक्ष आन्दे्र एग्नेलीले आफ्ना सदस्य क्लबहरूको लागि दुई बर्षमा चार अर्ब युरो राजस्व गुमाउने प्रक्षेपण गरेका थिए ।
अहिलेको अवस्थामा पनि धेरै संघहरुले फिफालाई एक मिलियन देखी महिला फुटबललाई ५० लाख डलरसम्म अनुदानका लागि अनुरोध गर्न सक्दछन् भने मुख्य सदस्य रहेका संस्थाहरुले पाँच मिलियन डलरसम्मको ऋण लिन सक्नेछन् ।

रेनलाई यो फिफाले उपलब्ध गराएको पैसा सही उद्देश्यका लागि प्रयोग भईरहेको छ वा छैन भन्ने बिषयमा तनाव रहेको थियो । “फुटबलमा भ्रष्टाचारको कुनै ठाउँ छैन, उनले भने । सुशासन कोभिड–१९ राहत कोषको मुटु हो । केही सदस्य राष्ट्रहरुले यसको प्रकृयागत पालनाको बिषयलाई लिएर गुनासो गरेका छन् । मलाई यसको बानी परिसकेको छ । हामीलाई पूर्ण अनुपालन चाहिन्छ र हामी विश्वपरिचित अडिट कम्पनीहरूसँग काम गरिरहेका छौं,” उनले थपे ।

उनले थाइल्याण्डमा कोरोना भाइरस टेस्ट सहित राष्ट्रिय लिग प्रतिस्पर्धा पुनः सुरु गरेको र भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) प्रविधि लागू गर्दै कोषको सहि उपयोग गरेको उदाहरण पनि दिएका थिए ।

Click to comment

Trending