अन्तर्राष्ट्रिय

खराब सुरुवातका बाबजुत बेरस्टोको शतकमा इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो ३०३ रनको विशाल लक्ष्य 

Published

on

पहिलो दुई बलमा लगातार दुई विकेट गुमाएर खराब सुरुवातका बाबजुत जोनी बेरस्टोले शतक तथा साम बिलिङस र क्रिस वक्सले अर्धशतक प्रहार गरे पछि घरेलु टोली इंग्ल्यान्डले तेश्रो तथा अन्तिम एकदिवसीय खेल जित्नका लागि अस्ट्रेलियालाई ३०३ रनको विशाल लक्ष्य दिएको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पुरै ५० ओभर खेल्दै सात विकेटको नोक्सानीमा ३०२ रन बनायो ।

इंग्ल्यान्डको तर्फबाट ओपनर जोनी बेरस्टोले १२६ बलको सामना गर्दै १२ चौका र दुई छक्काको मद्धतमा सर्वाधिक ११२ रन बनाए भने साम बिलिङसले पनि ५८ बलमा चार चौका र दुई छक्काको मद्धतमा ५७ रन जोडे । इंग्ल्यान्डको पारी सम्हाल्ने क्रममा उनीहरुले पाँचौं विकेटका लागि ११४ रन जोडे । बेरस्टो प्याट कमिन्सको बलमा बोल्ड भए भने बिलिङस जाम्पाको बलमा शन मार्शको हातबाट क्याच आउट हुन पुगे ।

ओपनर जेसन रोय र तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका जो रुट लगातर दुई बलमा मिचेल स्टार्कको बलमा गोल्डेन डक आउट भए । चौथों नम्बरमा ब्याटिङ गर्न आएका कप्तान ओईन मोर्गन २३ तथा विकेट किपर ब्याट्सम्यान जस बटलर आठ रन बनाएर एडम जाम्पाको शिकार भए ।

त्यस्तै सातौं नम्बरमा ब्याटिङ गर्न आएका क्रिस वक्सले पनि तुफानी पारी खेल्दै ३९ बलमा छ चौकाको मद्धतमा अविजित ५३ रन जोडे भने आदिल रशिदले अविजित ११ तथा टम कुर्रानले पनि १९ रनको पारी खेले ।

लगातार रुपमा यस शृंखलामा विकेट निकाल्न सफल रहेका जाम्पाले १० ओभरमा ५१ रन खर्चिएर तीन विकेट हात पारे भने महंगो साबित भए पनि स्टार्कले पनि आफ्नो नाममा तीन विकेट दर्ता गराए ।

तीन खेलको शृंखला १-१ को अवस्थामा रहेको कारण आजको खेल निर्णय हुनेछ । आजको खेलमा जित हात पार्ने टोलीले शृंखला माथि कब्जा जमाउने छ ।

पहिलो खेलमा १९ रनको जित हात पार्दै शृंखलामा १-० को अग्रता लिए पनि दोश्रो खेल २४ रनले जित्दै इंग्ल्यान्डले शृंखला १-१ को स्थितीमा पुर्याएको थियो ।

Click to comment

Trending