Headline

रङ्गभेद बिवादमा ब्राजिल सरकारले दियो नेमारलाई समर्थन

Published

on

ब्राजिल सरकारले फ्रेञ्च लिग वानको खेलमा झगडाको कारण बनेको रङ्गभेदको निन्दा गर्दै आफ्ना स्टार खेलाडी नेमारमाथि समर्थन जनाएको छ ।

फ्रान्सको प्रथम श्रेणीको फुटबलमा नेमारको पेरिस सेन्ट जर्माइन (पिएसजी) र मार्सेबीचको खेलमा हात हाला–हालको स्थिति सृजना भएपछि नेमारसहित पाँच खेलाडीले रातो कार्ड खाएका थिए । नेमारलाई फ्रान्सेली लिगको अनुशासन समितीले खेलमा मार्से डिफेन्डर अल्भारो गोन्जालेजलाई थप्पड हानेको आरोपमा रातो कार्ड देखाएको भनेको छ भने ब्राजिलियन खेलाडीका अनुसार गोन्जालेजले उनलाई रङ्गभेद गर्दै बाँदर भनेको आरोप लगाएका छन् ।

गोन्जालेजले भने आफुमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएका छन् । तर ब्राजिलको मानव अधिकार मन्त्रालयले भने नेमारको साथ दिएको छ । “रङ्गभेदको अर्को घटनाको बहिर आएपछि महिला,परिवार र मानवअधिकार मन्त्रालयले सार्वजनिक रुपमा खेलाडी नेमार जूनियरसँगको ऐक्यवद्धता जनाएको छ,” मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । “जातिवाद अपराध हो ।”

ब्राजिलका राष्ट्रपति जेर बोल्सोनारोले सोमबारको घटनाक्रम नेमारको बयान अनुसारको ट्विट रिट्वट गरेपछि मन्त्रालयको उक्त बयान आएको थियो ।

नेमारले आइतबारको खेलको अन्त्यतिर गोन्जालेजलाई टाउकोको पछाडि थप्पड हानेका थिए । त्यस पछि खेलमा दुई टोलीबीच झगडा सुरु भएको थियो । नेमार र गोन्जालेज दुवै लामो समय प्रतिबन्ध झेल्नुपर्ने खतरामा रहेका छन् ।

Click to comment

Trending