अन्तर्राष्ट्रिय

इंग्ल्यान्ड र अस्ट्रेलिया बीचको निर्णायक एकदिवसीय आज

Published

on

घरेलु टोली इंग्ल्यान्ड र अस्ट्रेलिया बीचको तीन खेलको एकदिवसीय शृंखला आज हुँदैछ । खेल नेपाली समय अनुसार ५:४५ बजे म्यानचेस्टरमा सुरु हुनेछ ।

तीन खेलको शृंखला १-१ को अवस्थामा रहेको कारण आजको खेल निर्णय हुनेछ । आजको खेलमा जित हात पार्ने टोलीले शृंखला माथि कब्जा जमाउने छ ।

पहिलो खेलमा १९ रनको जित हात पार्दै शृंखलामा १-० को अग्रता लिए पनि दोश्रो खेल २४ रनले जित्दै इंग्ल्यान्डले शृंखला १-१ को स्थितीमा पुर्याएको थियो ।

अस्ट्रेलियाले जितका लागि २३२ रनको सामान्य लक्ष्य लिएर ब्याटिङमा आएको अस्ट्रेलियाले ४८ दशमलब चार ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर मात्र २०७ रन बनाउन सक्यो र खेलमा २४ रनको हारको सामना गर्यो ।

सन् २०१७ पछि दुई टोलीले खेलेको खेलको नतिजालाई आधार मान्ने हो भने इंग्ल्यान्ड नै अस्ट्रेलिया भन्दा हाबी देखिन्छ । यो अवधिमा खेलिएको १५ खेल मध्य इंग्ल्यान्डले १२ खेल जितेको छ भने तीन खेलमा अस्ट्रेलिया विजयी भएको छ ।

अस्ट्रेलियाले पछिल्लो सात शृंखला मध्य जम्मा दुईवटा मात्र शृंखला जित्न सकेको छ । अस्ट्रेलियाले पछिल्लो पटक एकदिवसीय खेलको शृंखला घरेलु टोली दक्षिण अफ्रिका विरुद्ध खेलेको थियो जसमा ३-० ले पराजित हुन पुगेको थियो ।

इंग्ल्यान्डले भने सन् २०१९ को विश्वकप पछि मात्र दुई शृंखला खेलेको छ । जस मध्य दक्षिण अफ्रिका विरुद्धको शृंखला १-१ को बराबरीमा सकिएको थियो भने आयरल्यान्डलाई २-१ ले पराजित गरेको थियो ।

Click to comment

Trending