Headline

औबमेयांगले गरे आर्सनलसँग ३ बर्षको नयाँ सम्झौता

Published

on

स्ट्राइकर पिएरे-एमेरिक औबमेयांगले ईंग्लिस क्लब आर्सनलसँग नयाँ तीन बर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

३१ बर्षिय स्ट्राइकर औबमेयांग २०१८ मा लण्डन क्लब आर्सनलमा अवद्ध हुन पुगेका थिए । उनले २०१८-२०१९ को सिजन प्रिमियर लिगमा गोल्डेन बुट पनि जितेका थिए ।

“आर्सनल जस्तो बिशेष क्लबसँग नयाँ सम्झौता गर्न मलाई कुनै शंका थिएन” उनले सम्झौतामा हस्ताक्षर गरे पछि भने ।

औबमेयांगको सम्झौता २०२०-२०२१ सिजनको अन्त्यमा समप्त हुँदै थियो । जस्को मतलब उनी जनवरीमा फ्री एन्जेटका रुपमा क्लब छोड्ने सम्भावना बड्दै थियो । औबमेयांग आर्सनलका लागि निकै महत्वपूर्ण खेलाडी रहदै आएका छन् । उनले शनिवार देखी सुरु भएको नयाँ सिजनको पहिलो खेलमै फुलह्याम विरुद्ध गोल गरेका थिए ।

उनले जुलाईमा भएको एफए कप फाइनलमा चेल्सी बिरूद्ध दुई गोल गर्दै यूरोपा लिगमा गनर्सको स्थान सुरक्षित गरेका थिए ।

“पिएरे-एमेरेक आर्सनलमै बस्नु हाम्रो लागि महत्त्वपूर्ण छ,” आर्सेनलका प्रशिक्षक माइकल आर्टेटाले भने ।

उनी जर्मन क्लब बोरुसिया डर्ट्मन्डबाट ५६ मिलियन युरोमा आर्सनल आएका थिए । उनले अर्सनलसँग १ सय ११ खेल्दै ७२ गोल पनि गरिसकेका छन् ।

Click to comment

Trending