Headline

बार्सिलोना जान डच स्ट्राइकर डिपेले ‘ब्याग प्याक’ गरिसके

Published

on

डच स्ट्राइकर मेम्फिस डिपे २५ मिलियन युरोमा फ्रेन्च क्लब लायोनबाट बार्सिलोना जाने निश्चित भइसकेको र उनले आफ्नो झोला पनि कसिसकेका छन् ।

नेदरल्याण्ड्सको दैनिक पत्रिका डि टेलिग्राफले २५ बर्षिय डिपेले राष्ट्रिय टोलीका फ्रांन्की डि जोङ्ग र पुर्व नेदरल्यान्ड्स प्रशिक्षक रोनाल्ड कोमनसँग आउने सिजन बार्सिलोनाका लागि खेल्ने पक्का जस्तै भएको दाबी गर्दै लेखेको छ ।

“बार्सिलोनाले आउने हप्ता सम्ममा डिपेलाई क्लबमा भित्र्याउने छ र बार्सिलोनाको क्याम्पमा पनि चाडो समावेश गराउने छ,” टेलिग्राफले लेखेको छ ।

डिपेका लागि बार्सिलोनाले स्थानान्तरण शुल्क २५ मिलियन युरो तय गरेको छ भने सिजनको अन्त्यमा पाँच मिलियन युरो र अर्को दुई मिलियन बोनसको रुपमा उपलब्ध गराउनेछ । उरुग्वे फर्वार्ड लुइस सुवारेजलाई आउँदो सिजनको लागि आफ्नो योजनामा नभएको बताइसकेका नयाँ प्रशिक्षक कोमन स्ट्राइकरको खोजीमा रहेका छन् ।

डिपेले लायोनलाई च्याम्पियन्स लिग सेमिफाइनलसम्म डोर्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनले यस फ्रेञ्च सिजनको पहिलो लिग वान खेलमा डिजोनबिरुद्ध ह्याट्रिक समेत गरेका थिए । फ्रान्समा आफ्नो सम्झौता थप गर्न इच्छुक नरहेको बताउदै आएका डिपेले लायोनभन्दा ठूलो क्लबका लागि खेल्ने लक्ष्य रहेको पनि बताएका छन् ।

पिएसभी आइन्डहोभनबाट व्यवसायिक करिअर शुरु गरेका डिपे इङ्गलिस प्रिमियर लिग टोली म्यानचेस्टर युनाइटेडपछि २०१७ मा लायोन गएका हुन् ।

Click to comment

Trending