Headline

लिड्सको प्रगतिमा हलिउड स्टार रसेल क्रो को रोल

Published

on

लिड्स युनाइटेड १६ बर्षपछि इङ्गलिस प्रिमियर लिगमा फर्किदा अहिले सबैभन्दा बढी खुशी कोही छन् भने ती हलिउड स्टार रसेल क्रो हुन् ।

५६ बर्षिय क्रोले आफू सानोमा न्युजिल्याण्डमा हुर्किए देखि नै लिड्सलाई फलो गर्दै आइरहेका छन् । रग्बीसँग बसेको मायाका कारण अष्ट्रेलियन क्लब द साउथ सिड्नी र्याबिटोज किनेका क्रोले लिड्सको डकुमेन्ट्री टेक अस होम मा न्यारेसनका लागि आफ्नो आवा दिदै क्लबको प्रगतिमा सानो भएपनि एक भुमिका खेलेको मान्छन् ।

मार्सेलो बिएल्साको पहिलो सिजनमा लिड्स २०१८–१९ मा प्ले अफमा हार्न पुगेपछि थोरैले मात्र प्रिमियर लिगमा उक्लन असफल भएको थियो । तर हलिउड कथाकै जस्तो दुई एपिसोडपछि बिएल्साले लिड्सलाई इङ्गलिस च्याम्पियनसिपको उपाधि जिताउदै प्रिमियर लिगमा उकाली छोडे ।

“मैले आफ्नो पुरै जीवन लिड्सलाई माया गरेको छु,” २००१ को हलिउड ब्लकबस्टर चलचित्र ग्लेडिएटरबाट उत्कृष्ट अभिनेताको ओस्कार जितेका क्रोले भने ।

“सानोमा फुटबल खेलेर घर फर्किएपछि म मेरो भाइसँग म्याच अफ द डे हेरेर बस्थे । लिड्सको खेलले मलाई टिभिसँगै टसाएर राख्ने गथ्र्यो । बर्षौदेखिको पिडापछि ह्वाइट आर्मी (लिड्सको अर्को नाम) आफू जहा हुनु पर्ने हो त्यही फर्किदा शायद म जति खुशी अरु कोही छैन होला,” उनी भन्छन् । “टेक अस होम मार्फत लिड्सको पछिल्लो दुई बर्षको उतार चढावको अविश्वसनीय कथा भन्न पाउनु मेरो लागि निकै ठूलो सम्मान थियो ।”

प्रिमियर लिगको आफ्नो पहिलो तर सनसनीपूर्ण खेलमा लिड्स मोहम्मद सलाहको ह्याट्रिकपछि डिफेन्डिङ्ग च्याम्पियन लिभरपुलसँग पराजित भएको क्षण क्रोले आफ्नो चलचित्रहरु जस्तै सनसनीपूर्ण भएको मान्छन् ।

Click to comment

Trending