Headline

अण्डर–१६ कप्तान जानलाई मनास्लुको छात्रवृत्ति

Published

on

नेपाली यु–१६ पुरुष फुटबल टोलीका कप्तान जान लिम्बूलाई मनास्लु वल्र्ड कलेजले प्लस २ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । चुच्चेपाटीस्थित मनास्लुले व्यवस्थापन संकायतर्फ अध्ययनका लागि जानलाई पूर्ण छात्रबृत्ति प्रदान गरेको हो ।

मनास्लुका अध्यक्ष गेन्द्र लामा, व्यवस्थापक कुमार मोक्तान र प्रिन्सिपल राजन श्रेष्ठ तथा जानबीच सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यसै शैक्षिक सत्रदेखि सुरु भएको मनास्लुमा हाल व्यवस्थापनसहित बिज्ञान, मानविकी र कानुनसंकायहरुमा अध्ययन हुने अध्यक्ष लामाले जानकारी दिए ।

लामाले सामाजिक उत्तरदायित्व वहन गर्नुका साथै अभिभावकलाई खेलमा लागेर पनि आफ्ना सन्तानले अनेक क्षेत्रमा अवसर पाउन सक्छन् भन्ने सन्देश दिन हाल जानबाट यो कदमको सुरुआत गरिएको बताए । उनले इच्छुक भएको खण्डमा यु–१६ का सम्पूर्ण सदस्यलाई पनि पूर्ण छात्रवृत्तिको अवसर दिन मनास्लु तयार रहेको प्रतिबद्धता जनाए ।

जानले २०७६ को एसईई सातदोबाटोस्थित लोक स्मृति विद्यालयबाट उत्तीर्ण गरेका थिए । कक्षा ३–४ देखि नै फुटबल खेल्न सुरु गरेका जान झापाको सरामतीका स्थायी बासिन्दा हुन् । उनले विभिन्न उमेरसमूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेका छन् । जानका पिता गजेन्द्र ताम्ली भलिबलका पूर्व राष्ट्रिय खेलाडी रहिसकेका छन् ।

यस्तै कलेजले राष्ट्रिय महिला फुटबल टोलीकी फर्वार्ड साबित्रा भण्डारीलाई पनि आफ्नो महिला फुटबल टोलीको लागि मेन्टरको रुपमा नियुक्त गरेको छ ।

Click to comment

Trending