Headline

युनाइटेड जाने हल्ला चलेका ग्रिलिसले गरे भिल्लासँग पाँच बर्षिय सम्झौता

Published

on

ईङ्ल्यान्डका मिड्फिल्डर ज्याक्क ग्रिलिसले एस्टन भिल्लासँग नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्रिलिस २०२५ सम्म एस्टन भिल्लामै रहने छन् । क्लबका कप्तान सेमत रहेका उनी म्यानचेस्टर युनाइटेड जाने हल्ला चल्दै आएको थियो ।

भिल्लाले आधिकारिक वेबसाइटमा सम्झौता भएको घोषणा गरेको थियो । ग्रिलिसले भिल्लामा बल्यकल देखीनै खेल्दै आएका थिए ।

यसै महिना डेनमार्क विरुद्ध इङ्ल्यान्डका लागि डेब्यु गरेका २५ बर्षिय ग्रिलिसले २०१४-२०१५ र २०१५-२०१६ को सिजनमा प्रिमियर लिगका अन्य क्लबहरुको आँखामा पर्न सफल भएका थिए ।

उनी भिल्ला च्याम्पियनसिपमा घटुवा भए पनि क्लबमै रहे । प्रिमियर लिग र युरोपका अन्य थुप्रै टोलीहरुले उनी माथि आँखा लगाए पनि उनले भिल्ला छोडेका थिएनन् । उनले भिल्लालाई तीन बर्षको प्रयास पछि फेरी प्रिमियर लिगमा फिर्ता ल्याएका थिए ।

पछिल्लो सीजनमा उनले भिल्लालाई रेलिगेसनबाट बचाउने क्रममा आठ गोल छ असिस्ट गरेका थिए ।

“भिल्लाले म प्रती यो प्रतिबद्धता देखाउँदा म खुसी छु । यो मेरो क्लब हो, मेरो घर हो र म यहाँ धेरै खुसी छु।” ग्रिलिसले सम्झौतामा हस्ताक्षर गरे पछी भने ।

Click to comment

Trending