Headline

साग स्वर्ण बिजेता नयनासँगै उनका पति बास्केटबल प्रशिक्षक बिकास र छोरालाई पनि कोरोना

Published

on

ओलम्पियन तथा आठौं दक्षिण एसियाली खेलकुदको स्वर्ण पदक बिजेता नयना शाक्यसँगै उनको परिवारलाई कोरोना भाइरस भएको छ । अन्तर्राष्ट्रिय बास्केटबल खेलाडी रहिसकेका उनका पति बिकास र उनीहरुको कान्छो छोरा इभानलाई पनि कोरोना संक्रमण भएको नयनाले आफ्नो फेसबुक मार्फत जानकारी गराएकी छिन् ।

आफ्नो स्टोरका एक सञ्चालकलाई कोरोना भाइरस भएको र उनको सम्पर्कमा आएपछि आफ्नो वडाले परिक्षण गर्दा नेगेटिभ देखिएको बताइन । तर केही दिनपछि बिकासलाई केही लक्षण देखिएपछि छुट्टै होम आइसोलेसनमा बसेका थिए । बिकासलाई डक्टर रहेका उनका साथी रोशन लाल श्रेष्ठले कोरोनाको लक्षण हुन सक्ने बताएपछि गरिएको परिक्षणमा पोजिटिभ देखिएको नयना बताउछिन् ।

बिकासलाई पोजिटिभ देखिएपछि गरिएको अन्य परिक्षणहरु उनलाई र छोरा इभानलाई पनि पोजिटिभ देखिएको थियो । यति धेरै सावधानी अपनाउदै घरमै बसिरहदा पनि कोरोना भाइरस भएपछि म यसलाई हलुका रुपमा नलिन आग्रह गर्दछु, नयना भन्छिन् ।

नयनाले सन् १९९८ मा नेपालमै भएको दक्षिण एसियाली खेलकुदको स्विमिङ्ग अन्तर्गत महिला रिलेमा स्वर्ण पदक जितेकी थिइन् भने उनी नेपालको लागि सफल अन्तर्राष्ट्रिय बास्केटबल खेलाडी पनि रहिसकेकी छिन् ।

बिकासले नेपालका लागि दुई अन्तर्राष्ट्रिय बास्केटबल प्रतियोगिता खेलेका थिए भने नेपाली महिला टोलीले गत बर्ष १३ औं दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जित्दा उनी मुख्य प्रशिक्षक रहेका थिए । उनी लामो समय देखि नेपाली महिला टोलीलाई प्रशिक्षण दिदै आएका छन् ।

Click to comment

Trending