Headline

प्रिमियर लिगमा फर्कियो कोरोना

Published

on

ईंग्लिस प्रिमियर लिगमा चार खेलाडीमा कोरोना पुष्टी भएको छ । प्रिमियर लिगका पहिलो चरण सकिए पछि गरिएको कोरोना पारीक्षणमा नाम र क्लब नखुलाएका खेलाडीमा कोरोना संक्रमण पुष्टी भएको हो ।

प्रिमियर लिगले हरेक चरण सुरु हुनु अघी र सकिए पछि सबै खेलाडी र क्लबका कर्मचारीहरुमा कोरोना परीक्षण गराउने गर्छ । यो पटक पनि दोस्रो हप्ताका खेल सुरु हुनु अघी गरेको कोरोना भाईरस परीक्षणमा चार खेलाडीको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रिमियर लिग गएको शनिबार देखी सुरु भएको थियो ।

प्रिमियर लिगका अनुसार संक्रमित खेलाडीहरुलाई आईसोलेसन पठाईएको छ भने उनीहरुसँग नजिक रहेका अन्यलाई पनि सचेत रहन भनिएको छ । कोरोना देखिएका खेलादीहरु सेल्फ-आइसोलेसनमा बस्नु पर्ने पनि लिगले जनाएको छ ।

प्रिमियर लिगको दोस्रो चरण शनिबारबाट सुरु हुने छ ।

 

Click to comment

Trending