राष्ट्रिय

ललितलाई सहयोग गर्न सिप्यानको आग्रह

Published

on

क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले नेपाली राष्ट्रिय टोलीका तिब्र गतिका बलर ललित सिंह भण्डारीलाई सहयोग गर्न आग्रह गरेको छ । आइतबार साँझ मोटरसाइकल दुर्घट्नामा गम्भिर घाइते भएका भण्डारीलाई उपचारका लागि एक प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक सहयोग गर्न सिप्यानले आग्रह गरेको हो ।

आइतबार साँझ साढे सात बजे ललितले चलाएको मोटरसाइकललाई ट्रकले ठक्कर दिएपछि २८ बर्षिय बाया हाते बलर सख्त घाइते भएका थिए । धनगढीको निसर्ग हस्पिटलमा उपचार पूर्ण रुपले सम्भव नभएपछि एम्बुलेन्समा ललितलाई कोहलपुर शिक्षण अस्तपताल लगिएको थियो ।

खतरामुक्त रहेका ललितको हात र खुट्टाको शल्यक्रिया गर्नुपर्ने आवश्यक रहेको र उनको लिभरमा दुर्घट्नामा ठोक्किएपछि रगत जमेकोका कारण अहिले नै उनको अपरेशन गर्न सकिएको छैन । मेजर अपरेश नै भएका कारण कुनै खतरा नमोल्दै उनलाई कोहलपुर शिक्षण अस्पतालबाट हिजो मात्र हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।

उनको अपरेश ग्राण्डे अस्पतालमा हुनेछ । ग्राण्डीले आइतबार राति नै उनको उपचारको लागि सम्पूर्ण तयारी गरिसकेको थियो । नेपाली क्रिकेटका एक मुख्य खेलाडी नै रहेको कारण उनको बरिष्ठ अर्थोपेडिकबाट नै अपरेशन तथा उपचार गर्न लागिएको छ ।

सिप्यानले विज्ञप्ति मामार्फत भण्डारीलाई काठमाडौ ल्याउन तथा उपचारमा सहयोग गर्ने अस्पताल, क्रिकेटर, शुभेच्छुकलगायत सम्पूर्णमा कृतज्ञता ब्यक्त गरेको छ ।

त्यस्तै उसले नेपाली क्रिकेट खेलाडीको हकहितका लागि समर्पित सिप्यान भण्डारीको उपचारका
लागि सम्पूर्ण सहयोग गर्न प्रतिबद्ध रहेको पनि जनाएको छ । साथै सिप्यानसँग हातेमालो गर्दै सहयोग गर्न सम्पूर्णमा अपील पनि गरेको छ ।

भण्डारीलाई सहयोग गर्न इच्छुक महानुभावले सिप्यानको तल उल्लेखित बैंक खातामा सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ । सिप्यानले संकलित सम्पूर्ण रकम घाइते भण्डारीलाई हस्तान्तरण गर्नेछ ।

खातावालको नाम : क्रिकेट प्लेयर्स एसोसिएसन नेपाल
बैंक : सेञ्चुरी कमर्सियल बैंक लिमिटेड
शाखा: पुतलीसडक, काठमाडौा
खाता नम्बर : ०० १००० २५२९ सिए

Account Name: Cricket Players Association Nepal
Bank: CENTURY COMMERCIAL BANK LIMITED
Branch: Putalisadak, Kathmandu
Account Number: 00 1000 2529 CA

Click to comment

Trending