Headline

धेरै कमाउने खेलाडीको सुचीमा पहिलो स्थानमा मेस्सी,दोस्रोमा रोनाल्डो

Published

on

फोर्ब्सले २०२० का लागी निकालेको सबै भन्दा बढी तलब खाने खेलाडीको सुचीमा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी शिर्ष स्थानमा रहन सफल भएका छन् ।

फोर्ब्सका अनुसार मेस्सीको बर्ष भरीको तलब ९७.२ मिलियन युरो राहेको छ भने दोस्रो स्थानमा रहेका क्रिस्चियानो रोनाल्डोको ९०.३ मिलियन युरो रहेको छ ।

यस्तै पेरिस सेन्ट जर्माइनका खेलाडी नेमार पहिलो र उनका साथी खेलाडी किलियन एम्बाप्पे चौथोँ स्थानमा रहेका छन् । शिर्ष १० मा भने प्रिमियर लिगका तीन खेलाडी मोहम्द सलाह, पाउल पोग्बा र डेभिड डे हिया सँगै रियल म्याड्रिडका खेलाडी ग्यारेथ बेल पनि परेका छन् ।

बेल २२.४ मिलियन युरो सहीत सुचीको आठौँ स्थानमा छन् । २०१९/२० को सिजन बेन्चमै बिताए पनि रियल म्याड्रिडमा उनी सबै भन्दा धेरै कमाउने खेलाडी मद्धेका एक हुन् । लिभरपुल स्टार सलाह पाचौँ, म्यानचेस्टर युनाइटेडका पोग्बा छैठौँ र डे हिया १० औँ स्थानमा रहेका छन् ।

यस्तै बार्सिलोनाका एन्टोनी ग्रिजमन सातौँ स्थानमा रहेका छन् भने बायर्न म्युनिखका रोबर्ट लेवानडस्की नवौँ स्थानमा रहेका छन् ।

शिर्ष तीन २०१९ बर्ष कै दोहोरिए पनि चौथोँ स्थानमा भने एम्बापेले सातौँ स्थानबाट फड्को मरेका छन् ।

Click to comment

Trending