Headline

नेमारलाई मार्से विरुद्ध झगडा गर्दै रातो कार्ड खाएकोमा पछुतो

Published

on

आईतबार फ्रेन्च लिगमा भएको पेरिस सेन्ट जर्माइन (पिएसजी) र मार्से विरुद्धको खेलमा ठुलो दङा मच्चियो । खेलका रेफ्री जेरोमे ब्रिसर्डले एकै खेलमा पाँच वटा रातो कार्ड देखाउन पुगे ।

पिएसजीका स्ट्राइकर नेमार र मार्सेका डिफेन्डर अल्भारो गोन्जालेजबाट सुरु भएको झगडाले पछि उग्र रुप लिन पुग्यो ।

खेलमा पिएसजी १-० ले पराजित मात्र भएन शुन्य अंक सहित लिगको १८ औँ स्थानमा समेत पुग्यो । पिएसजीका स्टार खेलाडी नेमारले भने पराजय पछि गोन्जालेजलाई रङ्गभेद गरेको आरोप लगाएका थिए भने गोन्जालेजले भने आफुले कुनै त्यस्तो कार्य नगरको बताउदै आएका छन् ।

तर खेल पछि भने ब्राजिलियन फर्वार्ड नेमारले आफुले मुर्ख जस्तो हर्कत गरेको स्वीकारेका छन् । पीएसजीले नेमारलाई समर्थन गरेको छ। नेमारले सोमबार एक लामो विज्ञाप्ति जरी गर्दै उनले स्थितीलाई उग्र रुप दिएकोमा पश्चाताप गरिरहेको बताएका छन् ।

“हिजो मैले मुर्खतापूर्ण कम गरे । मैले मलाई अपमान गर्नेहरुलाई हिर्काए र पछि मलाई रातो कार्ड पनि दीइयो ” नेमारले लेखे ।

“मैले सोचे कि म मलाई अपमान गर्नेहरुलाई केहि नगरी छोड्ने छैन किनकि त्यहा रेफ्री,लाइन्सम्यान र अफिसियलहरुले केही गरेन्न । उनीहरुले तथ्यलाई वेवास्ता गरेका थिए । खेलको बखत, म जहिले जस्तै फुटबल खेल्दै जवाफ दिन चाहन्थे। तरमा सफल भएन र मैले विद्रोह रोजे।”

“यो खेलमा भड्किलो हुनु वा कराउनु भएको खेलको हिस्सा हो तर रङ्गभेद असहिष्णुता भने अस्वीकार्य छ,” नेमार लेख्छन् ।

“म कालो छु, म कालो जाती कै छोरा, नाती र पनाती पनि हुँ । म आफूलाई अरू भन्दा फरक देख्दिन र म गर्व गर्छु कि म कालो छु । म हिजो रेफ्रीहरुको निर्णयलाई निष्पक्ष रुपमा स्वीकर्न तयार थिए तर त्यस्तो मनोवृत्तिको लागि त्यस्तो कुनै ठाउँ छैन।”

“के मैले यसलाई बेवास्ता गर्नु ? एक शान्त मनस्थितीले आज म हो भन्छु, तर त्यो बेला मेरो साथीहरू र मैले रेफरीलाई मद्दतको लागि अनुरोध गरेउँ उनीहरुले हामीलाई बेवास्ता गरे। सत्य कुरा यो हो !”

“रङ्गभेद हामीले बन्द गर्नुपर्छ । धेरै भयो !”

“हिजो म यो खेलमा पनि हर्न पुगे । मसँग बुद्धिको अभाव छ । तर यो रङ्गभेदी उपेक्षालाई भने म व्यवस्ता गर्ने छैन,” नेमार लेख्छन् ।

कोविड-१९ लाई जितेर मैदान फर्किएका नेमारले अर्को खेल गुमाउने छन् भने फ्रेन्च लिग कमिटीले घटनालाई नियाल्दै अरु विवरण आउन बाँकी जनाएको छ  तर केही संचार मध्यामहरुले भने नेमारलाई सात खेल र गोन्जालेजलाई १० खेलको प्रतिबन्ध लाग्न सक्ने बताएका छन् ।

 

 

Click to comment

Trending