Headline

चेल्सीको बिजयी सुरुवात, वुल्व्ससँग सेफिल्ड पराजित

Published

on

प्रिमियर लिगको आफ्नो पहिलो खेलमा चेल्सीले ब्राइटनलाई ३-१ ले हराएको छ । चेल्सीका लागि जोर्जिनिहो, रिइस जेम्स र कर्ट जोउमाले गोल गरेका थिए ।

चेल्सीका लागि पहिलो गोल जोर्जिनिहोले गरेका थिए । खेलको २३ औँ मिनेटमा टिमो वर्नरलाई ब्राइटनका गोलकिपर म्याट रायनले लडाए पछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै चेल्सीले पहिलो गोल गरेको थियो ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको चेल्सीले भने दोस्रो हाफमा गोल खान पुग्यो । ब्राइटनका लागी ५४ औँ मिनेटमा लियोनार्डो ट्रोसार्डले गोल गर्दै खेल १-१ को बाराबरीमा ल्याएका थिए । तर ब्राइटनले खेल बाराबरी गरेको दुई मिनेट पनि बित्न नपाउदै चेल्सीका लागी रिइस जेम्सले दोस्रो गोल गरेका थिए । उनले ५६ औँ मिनेटमा गोल गर्दै खेललाई २-१ को स्थितीमा पुराएका थिए ।

यस्तै चेल्सीका लागी तेस्रो गोल ६६ औँ मिनेटमा कर्ट जोउमाले गरेका थिए । ब्राइटनलाई हराउदै चेल्सीले लिगमा उत्कृष्ट सुरुवात गरेको छ ।

यस्तै अर्को खेलमा वुल्व्सले सेफिल्ड युनाइटेडलाई २-० ले हरायो । वुल्व्सका लागि राउल हिमिनेज र रोमाइन साइसले गोल गरेका थिए ।

Click to comment

Trending