Headline

चोटबाट मुक्त हुन नसक्दा ३० बर्षकै उमेरमा सन्यास

Published

on

लामो समयदेखिको चोटबाट मुक्त हुन नसकेपछि एट्लेटिको म्याड्रिडका पुर्व मिडफिल्डर इग्नेसियो कामाचोले ३० बर्षको उमेरमै फुटबलबाट सन्यास लिएका छन् ।

२०१७ को जर्मन कप अन्तर्गत उल्फ्सबर्गबिरुद्धको खेलमा घाइते भएका कामाचोले त्यसयता पाँच वटा शल्यक्रिया गरिसकेका छन् । उनले पछिल्लो प्रतिस्पर्धात्मक खेल सेप्टेम्बर २०१८ मा खेलेका थिए । यो सजिलो थिएन । यी तीन बर्षभरि नै मलाई पिडा भइरह्यो र अन्त्यमा खेल्न दिएन, कामाचोले भने ।

उल्फ्सबर्गले कामाचोको सम्झौता खारेज गरेपनि उनी दुई बर्षको स्टाफ प्रशिक्षार्थी कार्यक्रम अन्तर्गत क्लबमै रहनेछन् । यस दौरान उनले क्लबको एकेडेमी र व्यवसायिक खेलाडीहरुसँग मिलेर बिभिन्न भुमिकामा काम गर्नेछन् ।

फुल्ह्यामबिरुद्ध २०१० को युरोपा कप फाइनलमा एट्लेटिको बिजयी हुदा उनी प्रयोग नभएका स्थानान्तरण खेलाडीको रुपमा बेञ्चमै रहेका थिए । त्यसपछि भने उनी अर्को स्पेनी टोली मालागाका लागि च्याम्पियन्स लिग र स्पेनिस ला लिगामा लगातार खेल्दै आइरहेका थिए ।

स्पेनको राष्ट्रिय टोलीको लागि उनले खेलेको एक मात्र खेल २०१४ को जर्मनीबिरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय रहेको थियो ।

Click to comment

Trending