Headline

ललितलाई हेलिकप्टरबाट काठमाडौं ल्याइदै, ग्राण्डीमा अपरेशन हुने

Published

on

आइतबार साँझ मोटरसाइकल दुर्घट्नामा गम्भिर घाइते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित सिँह भण्डारीलाई हेलिकप्टरबाट काठमाडौं नै ल्याएर अपरेशन गरिने भएको छ ।

खतरामुक्त रहेका ललितको हात र खुट्टाको शल्यक्रिया गर्नुपर्ने आवश्यक रहेको र उनको लिभरमा दुर्घट्नाका कारण रगत जमेकोका कारण अहिले नै उनको अपरेशन गर्न सकिएको छैन । मेजर अपरेश नै भएका कारण कुनै खतरा नमोल्दै उनलाई कोहलपुर शिक्षण अस्पतालबाट काठमाडौं ल्याउन लागिएको हो ।

उनको अपरेशन ग्राण्डी अस्पतालमा हुनेछ । ग्राण्डीले आइतबार राति नै उनको उपचारको लागि सम्पूर्ण तयारी गरिसकेको थियो । नेपाली क्रिकेटका एक मुख्य खेलाडी नै रहेको कारण उनको बरिष्ठ अर्थोपेडिकबाट नै अपरेशन तथा उपचार गर्न लागिएको हो ।

आइतबार साँझ साढे सात बजे ललितले चलाएको मोटरसाइकललाई ट्रकले ठक्कर दिएपछि २८ बर्षिय बाया हाते बलर सख्त घाइते भएका थिए । धनगढीको निसर्ग हस्पिटलमा उपचार पूर्ण रुपले सम्भव नभएपछि एम्बुलेन्समा ललितलाई कोहलपुर शिक्षण अस्तपताल लगिएको थियो ।

डिसेम्बर ६ मा आईसिसिसि वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईबिरुद्ध नेपालका लागि डेब्यु गरेका ललितले नेपालको ऐतिहासिक पहिलो दुई एकदिवसीय मध्ये दोश्रो म्याचमा एकदिवसीय अन्तर्राष्ट्रियमा पनि डेब्यु गरिसकेका छन् ।

उनले अगष्ट ३ मा नेदरल्याण्ड्सबिरुद्ध एम्स्टलभिनमा पहिलो ओडिआई खेलका थिए भने उक्त खेलमा ललितले दुई विकेट पनि लिएका थिए । घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबबाट खेल्ने गरेका ललित फ्रान्चाइज लिगहरुमा पनि प्रमुख खेलाडीको रुपमा रहने गरेका छन् ।

Click to comment

Trending