Headline

प्रिमियर लिग: सेफिल्डको समाना गर्दै वुल्व्स,चेल्सी सिजनको पहिलो खेल खेल्दै

Published

on

ईंग्लिस प्रिमियर लिगमा आज सेफिल्ड युनाइटेडले वुल्व्सको समाना गर्दै छ भने अर्को खेलमा चेल्सीले ब्राइटनसँग खेल्दै सिजनको सुरुवात गर्दै छ ।

आज हुने पहिलो खेलमा सेफिल्ड र वुल्व्स भिड्न लागेका हुन् । सेफिल्डले घरमा पछिल्ला १३ खेलमा वुल्व्ससँग मात्र दुई खेल हारेको छ । सेफिल्डले प्रिमियर लिगमा खेलेका पहिलो खेलहरुमा  एक पटक पनि पराजीत भएको छैन  । यस्तो अवस्थामा वुल्व्स र सेफिल्ड बिच रोमान्चक प्रतिस्पर्धा हुने देखिन्छ ।

दुवै टोली तीन अंकको खोजीमा हुने छन् । खेल नेपाली समय अनुसार १०:४५ मा सुरु हुने छ ।

यस्तै अर्को खेलमा चेल्सीले ब्राइटनसँग खेल्दै सिजनको सुरुवात गर्दै छ । चेल्सीले ब्राइटनसँग सन् १९३३ पछी एक खेल पनि हारेको छैन । ब्राइटनले भने पछील्ला ६ खेलमा चेल्सीलाई एक पटक पनि जित्न सकेको छैन ।

प्रिमियर लिग सुरु हुनु अघी भएको प्री-सिजनको मैतिपूर्ण खेलमा भने ब्राइटनले चेल्सीलाई २-१ ले हराएको थियो । ब्राइटनले यो खेलमा पनि चेल्सीलाई हराउने दाउमा हुने छ । चेल्सीले यो सिजन नयाँ खेलाडीहरुको अनुबन्धनले निकै बलियो देखिएको छ ।

खेल नेपाली समय अनुसार मध्य रात १:०० बजे सुरु हुने छ ।

Click to comment

Trending