Headline

पहिलो ग्राण्ड स्ल्याम जित्दै थिएमले ७१ बर्ष पुरानो इतिहास दोहोर्याए

Published

on

अन्य युएस भन्दा फरक यस संस्करणको युएस ओपन फरक रुपमा नै समाप्त भयो । र, डोमिनक थिएमले प्रतियोगिताको पछिल्लो ७१ बर्षमा नदेखिएको पुनरागमनको निर्माण गरेर देखाए ।

आइतबार न्युयोर्कमा भएको फाइनलमा अष्ट्रियन बिश्व नम्बर तीन खेलाडीले पहिलो दुई सेटमा पछि परेको स्थितिलाई उल्टाउदै जर्मन एलेक्जेण्डर भेरेभलाई हराउदै करिअरको पहिलो ग्राण्ड स्ल्याम उपाधि जिते । झण्डै चार घण्टा सम्म चलेको फाइनलमा थिएम पहिलो दुई सेट २–६, ४–६ ले गुमाउन पुगे ।

त्यसपछिको अन्य तीन सेट उनले ६–४, ६–४, ७–६ (६) ले जिते । २७ बर्षिय थिएम युएस ओपनको ७१ बर्षे इतिहासमा दुई सेटबाट पछि पर्दै उपाधि जित्ने पहिलो खेलाडी बने । १९४९ मा त्यो समय युएस च्याम्पियन्सिप्स नामले फरेस्ट हिल्समा खेलिने गरेको प्रतियोगितामा पन्चो गोन्जालेजले यस्तै कमब्याक गर्दै उपाधि जितेका थिए ।

त्यति मात्र नभएर अभुतपुर्व पछिल्लो दुई साताको समापन पाचौं सेट टाइब्रेकरद्वारा भएको थियो । यसअघि कहिल्यै पनि युएस ओपनमा यस्तो भएको थिएन । “आज दुई बिजेता हुनुपर्ने थियो । हामी दुवै उपाधिका लागि योग्य थियौं,” थिएमले भने ।

“म डोमिनिकलाई पहिलो ग्राण्ड स्ल्याम उपाधिका लागि बधाई दिन चाहन्छु । उनको लागि यो नै एक मात्र उपाधि हुने छैन जस्तो लाग्छ,” भेरेभले भने ।

Click to comment

Trending