Headline

सिजनको पहिलो खेलमै टोटनह्याम एवर्टनसँग पराजित

Published

on

ईंग्लिस  प्रिमियर लिगको आफ्नो पहिलो खेलमै टोटनह्याम एवर्टनसँग पराजित हुन पुगेको छ । टोटनह्यामको घरमा भएको खेलमा एवर्टनले टोटनह्यामलाई १-० ले पराजित गरेको हो  ।

एवर्टनका लागी दोस्रो हाफमा कल्वर्ट लेविनले गोल गरेका थिए । पहिलो हाफमा भने दुवै टोलीले मौका बनाए पनि गोल भने गर्न सकेका थिएनन् । दोस्रो हाफको ५५ औँ मिनेटमा कल्वर्ट लेविन निर्णयक गोल गरेका थिए ।

मिड्फिल्डमा उत्कृष्ट खेल देखाएको एवर्टनले टोटनह्यामलाई दोस्रो हाफमा धेरै मौका बनाउन दिएको थिएन । रियल म्याड्रिडबाट जेम्स रोड्रिगेज सहित अन्य तीन नयाँ खेलाडी अनुबन्धन गरेको एवर्टनले टोटनह्यामलाई रोक्न सफल भएको हो ।

जितसँगै एवर्टनले तीन अंकका साथ प्रिमियर लिगमा उत्कृष्ट सुरुवात गरेको छ ।

Click to comment

Trending