अन्तर्राष्ट्रिय

इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो २३१ रनको सामान्य लक्ष्य 

Published

on

टम कुर्रान र आदिल रशिदले नवौं विकेटका लागि ५७ बलमा ७६ रन जोडे पनि घरेलु टोली इंग्ल्यान्डले अस्ट्रेलियालाई दोश्रो एकदिवसीय खेलमा २३१ रनको सामान्य लक्ष्य दिएको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पुरै ५० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा मात्र २३१ रन बनाउन सक्यो ।

खराब सुरुवात गरेको इंग्ल्यान्डका ओपनरद्वय जोनी बेरिस्टो शुन्य रनमा मिचेल स्टार्कको बलमा आउट भए भने अर्का ओपनर जेसन रोय पनि २१ रनको अवस्थामा रन आउट हुन पुगे ।

तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका जो रुट र कप्तान आईन मोर्गनले तेश्रो विकेटका लागि ६१ रनको साझेदारी गर्दै इंग्ल्यान्डको पारी सम्हाल्ने प्रायस गरे । तर ७३ बलमा ४९ रन बनाएका रुट र ५२ बलमा ४२ रन बनाएका कप्तान मोर्गन एडम जाम्पाको शिकार भए पछि इंग्ल्यान्ड २८ दशमलब पाँच ओभरमा ११७ रनमा पाँच विकेटको अवस्थामा पुग्यो ।

सातौँ नम्बरमा ब्याटिङ गर्न आएका क्रिस वक्सले इंग्ल्यान्डको लागि रन जोड्ने प्रयास गरे तर उनी पनि ३९ बलमा २६ रन बनाउँदै ४१औ ओभरमा जस ह्याजलउडको बलमा आउट भए पछि इंग्ल्यान्ड सानो योगफलमा समेटिन अवस्थामा पुग्यो ।

वक्स आउट भए पनि टम कुर्रान र आदिल रशिदले नवौं विकेटका लागि ५७ बलमा ७६ रन जोड्दै इंग्ल्यान्डलाई २०० को स्कोर पार गराए । ३९ बलमा ३७ रन बनाएका कुर्रान मिचेल मार्शको बलमा आउट भए भने २६ बलमा ३५ रन बनाएका रशिद अविजित रहे ।

अस्ट्रेलियाको तर्फबाट एडम जाम्पाले उत्कृस्ट बलिङ गर्दै १० ओभरमा ३६ रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारे । त्यस्तै किफायती बलिङ गरेका जस ह्याजलउडले एक विकेट हात पारे पनि १० ओभरमा दुई मेडन ओभर सहित मात्र २७ रन खर्चिए ।

तीन खेलको शृंखलामा अस्ट्रेलिया १-० ले अघि रहेको छ । पहिलो एकदिवसीय खेल अस्ट्रेलियाले १९ रनले जितेको थियो ।

Click to comment

Trending